Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

शंकराचार्यद्वारमा सांसद यादवद्वारा राष्ट्रीय ध्वजसहितको फ्लेग टावर स्थापना

spot_img
spot_img
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटको दक्षिण तर्फ मुख्य सडकमै स्थापना गरिएको नेपालको राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन ।
प्रतिनिधिसभा सदस्य सांसद यादवको संसदीय बिकास कोषबाट निर्माण गरिएको एक सय दस फिट उचाई भएको टावरमा स्थापना गरिएको ३० फिट लामो नेपालको राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको सांसद यादवले उद्घाटन गरेका हुन ।
भारत-नेपाल जोडने मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगञ्जको शंकराचार्य गेट प्रवेश विन्दुमा आफनो देशको झण्डा स्थापना गरेर गर्वको अनुभुति भएको सांसद यादवले बताए । सांसद यादवले खुल्ला सिमाका कारण रक्साैल र वीरगञ्जलाई छुटयाउन नसकेर नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिक हरुलाई आफु नेपाल देशमा प्रवेश गरेको शुचकको रुपमा यस्ले मुख्य भुमिका निभाउने उनले बताए ।
उनले मधेश, मधेशी र अधिकारको लागी विगतमा भएको मधेश आन्दोलन लाई केहि तत्वहरुले जहिले पनी राष्ट्रीयतासंग जोडेर जनतामा शंका उत्पन्न गराउनेलाई यो राष्ट्रीय ध्वज निर्माण गरेर चुनौती दिए । भारत तथा अन्य तेस्रो मुलुक बाट आउने आगन्तुकहरु नेपाल प्रवेश गर्ने वितिकै फरफराई रहेको झण्डा हेर्ने वितिकै नेपाल प्रवेश गरेको अनुभुति गराउने उद्देश्यले यो राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको उद्घाटन गरेपछि आफु गौरवान्वित महसूस गरेको उनकाे भनाई थियाे ।
सांसद यादवको संसदीय पुर्वाधार विकास कोषबाट १० लाख र आफनो तलब भताको रकम बाट ३ लाख ६२ हजार रूपैयाको सहयोगमा फ्लैग टावरको निर्माण गरिएको हो ।
तत्कालीन संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पंत, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामदरश प्रसाद कुशवाहा, कार्यपालिका सदस्य सुशील साह कानु, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगाएतको उपस्थिति रहेको थियाे भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा...