Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

शंकराचार्यद्वारमा सांसद यादवद्वारा राष्ट्रीय ध्वजसहितको फ्लेग टावर स्थापना

spot_img
spot_img
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटको दक्षिण तर्फ मुख्य सडकमै स्थापना गरिएको नेपालको राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन ।
प्रतिनिधिसभा सदस्य सांसद यादवको संसदीय बिकास कोषबाट निर्माण गरिएको एक सय दस फिट उचाई भएको टावरमा स्थापना गरिएको ३० फिट लामो नेपालको राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको सांसद यादवले उद्घाटन गरेका हुन ।
भारत-नेपाल जोडने मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगञ्जको शंकराचार्य गेट प्रवेश विन्दुमा आफनो देशको झण्डा स्थापना गरेर गर्वको अनुभुति भएको सांसद यादवले बताए । सांसद यादवले खुल्ला सिमाका कारण रक्साैल र वीरगञ्जलाई छुटयाउन नसकेर नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिक हरुलाई आफु नेपाल देशमा प्रवेश गरेको शुचकको रुपमा यस्ले मुख्य भुमिका निभाउने उनले बताए ।
उनले मधेश, मधेशी र अधिकारको लागी विगतमा भएको मधेश आन्दोलन लाई केहि तत्वहरुले जहिले पनी राष्ट्रीयतासंग जोडेर जनतामा शंका उत्पन्न गराउनेलाई यो राष्ट्रीय ध्वज निर्माण गरेर चुनौती दिए । भारत तथा अन्य तेस्रो मुलुक बाट आउने आगन्तुकहरु नेपाल प्रवेश गर्ने वितिकै फरफराई रहेको झण्डा हेर्ने वितिकै नेपाल प्रवेश गरेको अनुभुति गराउने उद्देश्यले यो राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको उद्घाटन गरेपछि आफु गौरवान्वित महसूस गरेको उनकाे भनाई थियाे ।
सांसद यादवको संसदीय पुर्वाधार विकास कोषबाट १० लाख र आफनो तलब भताको रकम बाट ३ लाख ६२ हजार रूपैयाको सहयोगमा फ्लैग टावरको निर्माण गरिएको हो ।
तत्कालीन संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पंत, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामदरश प्रसाद कुशवाहा, कार्यपालिका सदस्य सुशील साह कानु, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगाएतको उपस्थिति रहेको थियाे भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...