Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बाढी प्रभावित क्षेत्रको मुख्यमंत्री राउत र सांसद यादवद्वारा अवलोकन

spot_img
spot_img
वीरगञ्ज । प्रदेश नं. २ का मुख्यमंत्री लालबाबु राउत तथा पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा आएको बाढीले क्षती पुर्याएको ठाउहरूको स्थलगत अवलोकन गरेका छन ।
बाढी प्रभावित पर्सा निर्वाचन क्षेत्र न.१ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको स्थानीय प्रसाशनका प्रमुखसहित मुख्यमंत्री राउत र सांसद यादवले स्थलगत अवलोकन गरेका हुन ।
भेडाहा खोलामा वर्षेनी आउने बाढीले यस क्षेत्रमा ठुलो क्षती पुर्याउने गरेको स्थानीयले मुख्यमंत्री राउत समक्ष दुखेसो पोखेका थिए ।
स्थानीयको गुनासो सुन्दै मुख्यमंत्री राउतले बाढीले क्षती पुर्याएको स्थानीय व्यक्तीहरुलाई राहत उपलब्ध गराउने आश्वासन दिए । भेडाहा खोलाले प्रत्येक वर्ष यस क्षेत्रको हजारौ विघा खेती योग्य जमीन कटान गरेर बालीमा समेत ठुलो नोक्सानी पुर्याउने गरेकाले भेडाहा खोलाको बाढी नियन्त्रणको दिर्घकालिन उपायका बारेमा यथा सिघ्र कदम चाल्न मुख्यमंत्री राउतलाई सांसद यादवले आग्रह गरेका थिए ‌।
अनुगमनकाे क्रममा निलम्वित सांसद हरिनायण रौनियार, प्रदेश सांसद जन्नत अंसारी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्द अंसारी, प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, जनता समाजवादीका नेता बिरेन्द्र यादव, रामनरेश यादव पार्टी, सलाउदिन अहमद, तबरेज अहमद लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...