Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

तिलावे पुलकाे छेउकाे भाग भत्कन थाल्याे, बाटाे अवरुद्ध हुन सक्ने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे पुलकाे छेउकाे भाग भत्कन थालेकाे छ ।

केही दिन देखी सक्रिय भएकाे मनसुन र तिलावे नदीमा पानीकाे बहाव बढेसंगै पुलकाे पूर्व पटीकाे भाग भत्कन थालेकाे हाे । पुलकाे छेउमा माटाे पुरेर बनाइएकाे बाटाे नै भत्कन थालेकाेले बाटाे अवरुद्ध हुने सक्ने सम्भावना देखिएकाे छ ।

केही समय पहिला मात्र नयाँ पुल निर्माणकाे लागि बन्द गरिएकाे पुलकाे बाटाे मनसुन सुरु भएपछि स‌चालनमा ल्याइएकाे थियाे ।

नयाँ पुल निर्माणकाे लागि पुरानाे पुलकाे बाटाे अवरुद्ध गरी डाइभर्सन बनाएर बाटाे सुचारु गरिएकाे थियाे । तर मनसुन सुरु भएपछि र नदीमा पानीकाे बहाव बढेसंगै डाइभर्सन पनि बगाइदिएकाे छ ।

नयाँ पुल निर्माण भएकाे ढिलाईका कारण र पुरानाे पुल जिर्ण बनेका कारण पर्सेली जनताहरु जाेखिम पूर्ण आवतजावत गर्न बाध्य भएका छन् । पुलकाे छेउकाे भाग भत्कन थालेपछि थप जाेखिमपूर्ण बनाएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...