Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

तिलावे पुलकाे छेउकाे भाग भत्कन थाल्याे, बाटाे अवरुद्ध हुन सक्ने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे पुलकाे छेउकाे भाग भत्कन थालेकाे छ ।

केही दिन देखी सक्रिय भएकाे मनसुन र तिलावे नदीमा पानीकाे बहाव बढेसंगै पुलकाे पूर्व पटीकाे भाग भत्कन थालेकाे हाे । पुलकाे छेउमा माटाे पुरेर बनाइएकाे बाटाे नै भत्कन थालेकाेले बाटाे अवरुद्ध हुने सक्ने सम्भावना देखिएकाे छ ।

केही समय पहिला मात्र नयाँ पुल निर्माणकाे लागि बन्द गरिएकाे पुलकाे बाटाे मनसुन सुरु भएपछि स‌चालनमा ल्याइएकाे थियाे ।

नयाँ पुल निर्माणकाे लागि पुरानाे पुलकाे बाटाे अवरुद्ध गरी डाइभर्सन बनाएर बाटाे सुचारु गरिएकाे थियाे । तर मनसुन सुरु भएपछि र नदीमा पानीकाे बहाव बढेसंगै डाइभर्सन पनि बगाइदिएकाे छ ।

नयाँ पुल निर्माण भएकाे ढिलाईका कारण र पुरानाे पुल जिर्ण बनेका कारण पर्सेली जनताहरु जाेखिम पूर्ण आवतजावत गर्न बाध्य भएका छन् । पुलकाे छेउकाे भाग भत्कन थालेपछि थप जाेखिमपूर्ण बनाएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...