Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

दाउदकाे उपचारकाे लागि सहयोग जुट्दै

spot_img
spot_img

वीरगन्ज । अनेरास्ववीयू पर्साका संह—संयोजक मित्रदेव यादवको अगुवाईमा आर्थिक अवस्था कमजोर भएर उपचाररत अवस्थामा रहेका युवकका लागी आर्थिक सहयोग संकलन भएको छ ।

वीरगन्ज मुर्लीका १२ का २३ वर्षीय दाउद मियाँ काम गर्ने क्रममै दुर्घटना परि गम्भीर घाईते भएपछि उपचारका लागी यादवको अगुवाईमा आर्थिक सहयोग संकलन भएको हो ।

दाउद घरको एक्लो र आर्थिक अवस्था कमजोर भएकाले उनको काम गर्ने समयमा दुर्घटना पछि उपचार गर्नलाई रकम अभाव भएकाले आर्थिक सहयोग संकलनमा जुटेको यादवले बताए । उनले दाउदको दाहिने हात ३ ठाँउमा भाचेपछि उपचारमा बढि रकम लाग्ने भएपछि सहयोग गर्न अभियान नै चलाएको जनाए ।

केहिदिन अगाडी देखी समाजिक संजाल मार्फत आर्थिक सहयोग संकलनका लागी चलाएको अभियानमा ५८ हजार ३ सय रकम संकलन भएको उनले बताए । घाईते यादवको अहिले काठमाडौं वीर अस्पतालमा उपचार भईरहेकाले निको नभए सम्म उपचारका लागी आर्थिक सहयोग गरी रहने यादवले बताए ।

आर्थिक संकलन अभियानमा युवा राजन श्रीवास्तव, मेराजुल हवारी, नसिम अख्तर, जेयाद अंसारी, बिकेश यादव लगायतकाले सहयोग गरेको यादवले बताए ।

को को सहयोग गरे
दाउदको उपचारका लागी अहिले सम्म १५ जनाले सहयोग गरेका छन । सहयोग गर्नमा कालिकामाई गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह १० हजार, सखुवा प्रसौनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव १० हजार , जिल्ला हुलाक कार्यालय बाराका प्रमुख सुजित साह १० हजार, आन्तरिक राजश्व कार्यालय पर्साका लेखापाल अकलेश सहनी ५ हजार सहयोग गरेका छन् ।

यस्तै सन्दीप गुप्ता ५ हजार, प्रमोद जैसवाल ३ हजार १ सय, उमाशंकर यादव २ हजार ५ सय, सुजित मन्डल २ हजार, ईब्राहिम देवान १ हजार ५ सय, सुनिल कलवार १ हजार १ सय, राहुल साह १ हजार १ सय, अनिल कुमार यादव १ हजार र नसिम अख्तर मार्फत ६ हजार सहयोग भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...