Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

दाउदकाे उपचारकाे लागि सहयोग जुट्दै

spot_img
spot_img

वीरगन्ज । अनेरास्ववीयू पर्साका संह—संयोजक मित्रदेव यादवको अगुवाईमा आर्थिक अवस्था कमजोर भएर उपचाररत अवस्थामा रहेका युवकका लागी आर्थिक सहयोग संकलन भएको छ ।

वीरगन्ज मुर्लीका १२ का २३ वर्षीय दाउद मियाँ काम गर्ने क्रममै दुर्घटना परि गम्भीर घाईते भएपछि उपचारका लागी यादवको अगुवाईमा आर्थिक सहयोग संकलन भएको हो ।

दाउद घरको एक्लो र आर्थिक अवस्था कमजोर भएकाले उनको काम गर्ने समयमा दुर्घटना पछि उपचार गर्नलाई रकम अभाव भएकाले आर्थिक सहयोग संकलनमा जुटेको यादवले बताए । उनले दाउदको दाहिने हात ३ ठाँउमा भाचेपछि उपचारमा बढि रकम लाग्ने भएपछि सहयोग गर्न अभियान नै चलाएको जनाए ।

केहिदिन अगाडी देखी समाजिक संजाल मार्फत आर्थिक सहयोग संकलनका लागी चलाएको अभियानमा ५८ हजार ३ सय रकम संकलन भएको उनले बताए । घाईते यादवको अहिले काठमाडौं वीर अस्पतालमा उपचार भईरहेकाले निको नभए सम्म उपचारका लागी आर्थिक सहयोग गरी रहने यादवले बताए ।

आर्थिक संकलन अभियानमा युवा राजन श्रीवास्तव, मेराजुल हवारी, नसिम अख्तर, जेयाद अंसारी, बिकेश यादव लगायतकाले सहयोग गरेको यादवले बताए ।

को को सहयोग गरे
दाउदको उपचारका लागी अहिले सम्म १५ जनाले सहयोग गरेका छन । सहयोग गर्नमा कालिकामाई गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह १० हजार, सखुवा प्रसौनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव १० हजार , जिल्ला हुलाक कार्यालय बाराका प्रमुख सुजित साह १० हजार, आन्तरिक राजश्व कार्यालय पर्साका लेखापाल अकलेश सहनी ५ हजार सहयोग गरेका छन् ।

यस्तै सन्दीप गुप्ता ५ हजार, प्रमोद जैसवाल ३ हजार १ सय, उमाशंकर यादव २ हजार ५ सय, सुजित मन्डल २ हजार, ईब्राहिम देवान १ हजार ५ सय, सुनिल कलवार १ हजार १ सय, राहुल साह १ हजार १ सय, अनिल कुमार यादव १ हजार र नसिम अख्तर मार्फत ६ हजार सहयोग भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...