Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

उपाध्यक्षकै अगुवाइमा पकहा मैनपुर गाउँपालिकामा तालाबन्दी

वीरगन्ज । पर्साको पकाहामैनपुर गाँउपालिकामा उपाध्यक्ष कै अगुवाइमा गाउँवासीले तालाबन्दी गरेका छन् । गाँउपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतवार गाउँ कार्यपालिकाकाे कार्यालय पकहा मैनपुरमा तालाबन्दी गरेका हुन् ।

- Advertisement -

गाँउपालिका अध्यक्ष विजय चौरसीयाले प्रमुख प्रशासकिय अधिकृत महेश सिंहसंग मिलेर गाँउपालिकाको बजेट हिनामिना गरेको आरोप लगाउदै गाँउपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।

बर्षामा पनि जुलुशसहित गाँउपालिका कार्यालयमा पुगेका उपाध्यक्ष कुश्मी र स्थानीयले तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले स्थानियहरुलाई तालाबन्दी गर्न राेकन खाेज्दा प्रहरी र तालाबन्द गर्न पुगेका स्थानियहरु बिच ठेलमठेल समेत भएकाे थियाे ।

साेही क्रममा उपाध्यक्ष कुशमी घाइते समेत भएकाे वताइएकाे छ । उनकाे उपचार नारायणी अस्पताल वीरगंजमा भइरहेकाे छ ।

असार ३१ गते भएको गाँउ सभा बहिष्कार गरेकी उपाध्यक्ष कुश्मीले गाँउपालिकाको आय व्यय विवरण समेत सार्वजनिक नगरि गाँउपालिका अध्यक्ष चौरसीयाले गाँउ सभा गरेकाले आफु बिराेधमा उत्रेकाे बताइन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजना गरिएको ९० लाख मध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसीयाले हिनामिना गरेको उनको आरोप छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाँउपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसीयाले सार्वजनिक नगरि हिनामिना गरेको उपाध्यक्ष कुश्मी र स्थानीयको आरोप छ ।

कार्यपालिका बोर्ड बैठकमा आफु जादा बस्ने कुर्सी समेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको उनले बताइन् ।

गाँउपालिकाको आम्दानी सार्वजनिक गर्न पटक पटक आग्रह गरे तर उनले मेरो कुरा सुन्दै सुनेन् , कुश्मी देवीले भनिन् ‘बोर्ड बैठकमा जादा मेरो कुर्सी नै फयाकी दिए, बोर्ड सदस्यहरुलाई मोबाइल बाडेर गाँउपरिषद गराए ।

गाँउपालिकाको आय व्यव विवरण जनताको बिचमा सार्वजनिक नगरिए सम्म तालाबन्दी जारी नै रहने उनले बताइन् ।

गाँउपालिका अध्यक्ष चौरसीयाले पैसाको बलमा गाँउपालिका चलाएको पकाहामैनपुर गाँउपालिका १ धोरेका युवा शीवजी सोनीले बताए ।

उनले भने , ‘गाँउपालिकामा अध्यक्ष चौरसीयाको ब्रम्हलुट छ, जति पनि रोडनालाको काम भएको छ त्यो सबैको ठेक्का उनका भाई भतिजा र भान्जाले लिएर गरेका छन् , जनताले सुचना माग्दा धम्क्याएर पठाइन्छ ।

सुचनाको हक प्रयोग गरेर बजेट खर्चको हिसाब किताब माग्दा पनि नपाएपछि बाध्य भएर गाँउपालिकामा तालाबन्दी गरिएको सोनीले बताए ।

पकाहा मैनपुर ४ का रामबाबु चौरसीयाले भने ,‘ जिल्लामै सबै भन्दा बढि भ्रष्टचार हाम्रै गाँउपालिकामा भएको छ, यहाका जनप्रतिनिधी जनताको लागि होइन आफ्नो सम्पति जोड्नमा मात्रै लागेका छन्, यिनीहरु सिंहदरबारका सिंह बनेका छन् ।

आराेप बारे अध्यक्ष चौरसीयासंग बुझ्न फाेनमा सम्पर्क गर्दा उनकाे दुईटा नम्बर अफ रहेकाे र एउटा नम्बरमा फाेन लाग्दा पनि फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढी–५ हरदियामा बृहत स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न, ७५ जनाभन्दा बढी लाभान्वित

वीरगंज । पर्सागढी नगरपालिका वडा नं. ५ स्थित हरदिया गाउँमा आँखा, दन्त तथा मेडिसिन सम्बन्धी रोगहरूको बृहत स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न भएको छ। बिहीबार...

हरि खेतान क्याम्पसमा प्राध्यापक–कर्मचारी आन्दोलन: १७ बुँदे मागसहित धर्ना सुरु

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्ना विभिन्न जायज मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिको आह्वानमा...

अमरपट्टीस्थित दशगजा क्षेत्रबाट अवैध मदिरा पसल र टहरा हटाइयाे

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा सीमा क्षेत्रमा रहेका अवैध संरचना हटाइएको छ। बिहीबार सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा....