Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

उपाध्यक्षकै अगुवाइमा पकहा मैनपुर गाउँपालिकामा तालाबन्दी

spot_img
spot_img

वीरगन्ज । पर्साको पकाहामैनपुर गाँउपालिकामा उपाध्यक्ष कै अगुवाइमा गाउँवासीले तालाबन्दी गरेका छन् । गाँउपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतवार गाउँ कार्यपालिकाकाे कार्यालय पकहा मैनपुरमा तालाबन्दी गरेका हुन् ।

गाँउपालिका अध्यक्ष विजय चौरसीयाले प्रमुख प्रशासकिय अधिकृत महेश सिंहसंग मिलेर गाँउपालिकाको बजेट हिनामिना गरेको आरोप लगाउदै गाँउपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।

बर्षामा पनि जुलुशसहित गाँउपालिका कार्यालयमा पुगेका उपाध्यक्ष कुश्मी र स्थानीयले तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले स्थानियहरुलाई तालाबन्दी गर्न राेकन खाेज्दा प्रहरी र तालाबन्द गर्न पुगेका स्थानियहरु बिच ठेलमठेल समेत भएकाे थियाे ।

साेही क्रममा उपाध्यक्ष कुशमी घाइते समेत भएकाे वताइएकाे छ । उनकाे उपचार नारायणी अस्पताल वीरगंजमा भइरहेकाे छ ।

असार ३१ गते भएको गाँउ सभा बहिष्कार गरेकी उपाध्यक्ष कुश्मीले गाँउपालिकाको आय व्यय विवरण समेत सार्वजनिक नगरि गाँउपालिका अध्यक्ष चौरसीयाले गाँउ सभा गरेकाले आफु बिराेधमा उत्रेकाे बताइन् ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजना गरिएको ९० लाख मध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसीयाले हिनामिना गरेको उनको आरोप छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाँउपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसीयाले सार्वजनिक नगरि हिनामिना गरेको उपाध्यक्ष कुश्मी र स्थानीयको आरोप छ ।

कार्यपालिका बोर्ड बैठकमा आफु जादा बस्ने कुर्सी समेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको उनले बताइन् ।

गाँउपालिकाको आम्दानी सार्वजनिक गर्न पटक पटक आग्रह गरे तर उनले मेरो कुरा सुन्दै सुनेन् , कुश्मी देवीले भनिन् ‘बोर्ड बैठकमा जादा मेरो कुर्सी नै फयाकी दिए, बोर्ड सदस्यहरुलाई मोबाइल बाडेर गाँउपरिषद गराए ।

गाँउपालिकाको आय व्यव विवरण जनताको बिचमा सार्वजनिक नगरिए सम्म तालाबन्दी जारी नै रहने उनले बताइन् ।

गाँउपालिका अध्यक्ष चौरसीयाले पैसाको बलमा गाँउपालिका चलाएको पकाहामैनपुर गाँउपालिका १ धोरेका युवा शीवजी सोनीले बताए ।

उनले भने , ‘गाँउपालिकामा अध्यक्ष चौरसीयाको ब्रम्हलुट छ, जति पनि रोडनालाको काम भएको छ त्यो सबैको ठेक्का उनका भाई भतिजा र भान्जाले लिएर गरेका छन् , जनताले सुचना माग्दा धम्क्याएर पठाइन्छ ।

सुचनाको हक प्रयोग गरेर बजेट खर्चको हिसाब किताब माग्दा पनि नपाएपछि बाध्य भएर गाँउपालिकामा तालाबन्दी गरिएको सोनीले बताए ।

पकाहा मैनपुर ४ का रामबाबु चौरसीयाले भने ,‘ जिल्लामै सबै भन्दा बढि भ्रष्टचार हाम्रै गाँउपालिकामा भएको छ, यहाका जनप्रतिनिधी जनताको लागि होइन आफ्नो सम्पति जोड्नमा मात्रै लागेका छन्, यिनीहरु सिंहदरबारका सिंह बनेका छन् ।

आराेप बारे अध्यक्ष चौरसीयासंग बुझ्न फाेनमा सम्पर्क गर्दा उनकाे दुईटा नम्बर अफ रहेकाे र एउटा नम्बरमा फाेन लाग्दा पनि फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...