Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

महिलाकाे कपाल काटी, कालाे माेसाे दलेर गाउँ घुमाउनेहरुमाथी मुद्दा दायर

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ छाेटकी जयमंगलापुरमा महिलालाई कपाल काटी, कालाे माेसाे दली, अर्धनग्न पारी गाउँ घुमाउने घटनामा सलंगनहरुमाथी प्रहरीले मुद्दा दर्ता गरेकाे जनाएकाे छ ।

पिडितले दिएकी उजरीकाे अधारमा घटनामा सलंगनहरुमाथी अमानविय व्यवहार गर्ने खसुर विरुद्धकाे मुद्दा दायर गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

४८ वर्षीय एकल महिला उमा देवी ठाकुरमाथी चरित्रहिन र बोक्सीको आरोप लगाउँदै कालोमोसो दलेर बुधबार बिहान करीव ९ बजे पेटिकोटमै पुरै गाउँ घुमाइएको थियाे।

बोक्सी र परपुरुषसँग सम्बन्ध रोखेको आरोपमा गाउँकी एकल महिला उमालाई उनका देवर राजदेव शर्मा, सोही गाउँपालिकाका एक कार्यपालिका सदस्य सुवास साह कानु, संजय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी, राजदेव शर्मासहित ७ जना पुरूष र आफ्नी दुई देवरानीले मिलेर यस्तो सर्मनाक घटना घटाएकाे उनले दिएकाे व्यान र उजरीकाे आधारमा प्रहरीले मुद्दा दर्ता गरेकाे हाे ।

७ पुरुषहरुले दुवै हात पछाडि बाँधेर उनीमाथि बल प्रयोग गर्दै कालो मोसो दलेर कपाल काटेर गाउँ घुमाए । जसमा उनकी आफ्नी दुई देवरानीले यातनाको समयमा गालीगलौजसमेत गरिरहेको पीडितले प्रहरी समक्ष बयान दिएकी छिन्।

घटना भएको दिन पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए। त्यसपछि बुडगाइँ प्रहरी चौकिबाट आएका प्रहरीले महिलालाई बचाएको थियाे ।

सो घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, पोखरीयाबाट खटिएका थप प्रहरीले आरोपित मुन्नीलाल परदेशी र राजदेव शर्मासहित उनकी देवरानीलाई बुधबार नै पक्राउ गरेकाे थियाे। गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु अझै फरार रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नहरुले ७ महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर यस्तै दुर्व्यवहार गरेका थिए। तर गरिव र एकल महिला भएर गाउँघरको मामला भन्दै उनको आवजलाई दबाइएको थियो। पीडित एकल महिलामाथि उनका देवरसँगै गाउँका राजनितिक दम्भ राख्ने पुरुषले असहनीय कुटपिट गरेका छन्।

पीडित महिलाका श्रीमान दुई वर्ष अगाडिनै बितिसकेका छन्। अहिले परीवारमा बुढी सासुसहित ४ जना छोरी र एक छोरा गरी ५ जना सन्तान छन्। जेठी छोरीको विवाह भइसकेको र अहिले उनी एक वर्षे काखे बालकसहित माइतमै एक वर्षदेखि आमासँगै बस्दै आइरहेकी छिन्।

बुधबारको घटनामा जेठी छोरीले समेत आमालाई बचाउन जाँदा उनीमाथि पनि कुटपिट भएको पीडित महिलाको भनाइ छ। ‘मलाई बचाउन जाँदा मेरी सुत्केरी छोरीलाई पनि कुटे, यो घटना भएको पहिलो चोटि होइन यो मिलाएर ३ पटक यसरी मलाई कुटपिट गरिसके’, उनले भनिन्, ‘पहिले पनि प्रहरीमा बोक्सीको आरोप लगाएपछि आएको थिएँ’, उनले न्याय माग्दै भनिन्।

पीडित महिलाका १४ वर्षका एक छोरा छन्। उनी घरको आर्थिक अवस्था कमजोर भएकाले हेटौँडाको एक कारखानामा काम गर्छन्। पीडित महिलाले घरमा एउटा गाई पालेकी छिन्। सोहि गाईको दुध बेचेर उनी आफ्नो घर परिवारको जीविकोपार्जन गरिरहेकी छन्।

प्रहरीले नियन्त्रणमा लिएकाे २ महिलाकाे घटनामा सलंगनता नदेखिएकाे भन्दै छाेड्ने तयारी गरेकाे छ । प्रहरी नियन्त्रणमा रहेका २ जना पुरुषमाथी प्रहरीले मुद्दा दर्ता गरे पनि नाम खुलाइरहेकाे छैन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक कुँवरले घटनामा सलंगन वाकी आराेपितहरु पक्राउ परेपछि एकैपटक नाम सार्बजनिक गर्ने वताए । पक्राउ परेका महिलाहरुकाे घटनामा सलंगनता नरहेकाे पिडितले व्यान दिएकाेले महिलाहरुलाई छाेड्न लागिएकाे उनले जनाए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...