Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

नियम मिचेर पकहा मैनपुरकाे गाउँ सभा, उपाध्यक्षद्वारा बहिस्कार

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकाकाे चाैथाे गाउँ सभा बहुमतले सम्पन्न भएकाे दावी गरिएकाे छ । गाउँ कार्यपालिकाकाे कार्यालय पकहा मैनपुरमा बुधबार भएकाे गाउँ सभामा आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम समेत प्रस्तुत गरिएकाे वताइएकाे छ ।

गाउँपालिका अध्यक्ष बिजय चाैरसियाकाे अध्यक्षतामा भएकाे गाउँ सभामा उपाध्यक्ष कुशमी देवीलाई बस्न समेत स्थान नदिइएकाेले उनले सभा बहिस्कार गरेर निस्केकी थिइन । सहिद परिवारकी कुशमीलाई सम्मान गर्नुकाे सट्टा बस्न समेत स्थान नदिइएकाे उनले सभा बहिस्कार गरेकाे बुझिइएकाे छ ।

त्यस पछि बहुमतले सभा सम्पन्न भएकाे दावी गरिएकाे छ ।

सभाकाे सुरु मै गाउँपालिका अध्यक्ष चाैरसियाले माेबाइल र बैग वितरण गर्दै सभा सदस्यहरुसंग उपस्थितीमा हस्ताक्षर गराएका थिए । त्यस पछि सभामा उनले आफै आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम प्रस्तुत गर्दै सभा सम्पन्नकाे घाेषणा गरेका थिए ।

अध्यक्ष चाैरसियाले सभा सम्पन्न भएकाे भनेपछि पनि केही गाउँ सभा सदस्यहरु त्यसकाे बिराेध समेत गरेका थिए ।

सभा हुनु भन्दा एक दिन मात्र अगाडी मंगलबार सभामा सहभागि हुन पत्र वितरण गरिएकाे थियाे । वडा नं. ४ का वडाध्यक्ष ढेरी प्रसाद यादवले आफुले सभा हुनु भन्दा एक दिन अगाडी मात्र मंगलबार दिनकाे १२ बजे पत्र पाएकाे वताए ।

उपाध्यक्ष कुशमीले सभा हुनु भन्दा दुई दिन अगाडी साेमबार सांझ सभामा सहभागि हुन पत्र पाएकाे वताइन । जुन पत्र कमसेकम ७ दिन पहिला मात्र पठाउनु पर्ने कानुनी प्रावधान छ ।

यसका साथै सभा बाेलाउनु अघि राजश्व परामर्श समिति, स्राेत अनुमान तथा बजेट सिमा निर्धारण समिति, याेजना तथा बजेट तर्जुमा समितिकाे बैठक बेगर नै सभा बाेलाइएकाेले आफु सभा बहिस्कार गरेकाे वताइन ।

उनले भनिन “सभा बाेलाउनु अघि यी समितिहरुकाे बैठक बसी त्यपछि कार्य पालिकाकाे बैठक बसेर सभाकाे मिति निर्धारण गर्नु पर्ने हुन्छ । तर यी समिति मध्ये दुई वटा समितिकाे आफु संयाेजक समेत भए पनि आफुलाई बैठककाे बारे जानकारी नदिई एकासी सभा बाेलाइएकाे थियाे ।”

उनले थपिन अध्यक्ष चाैरसियाले आफुसंग सल्लाह समेत नगरी एकलाैटी रुपमा सभा गर्न खाेजेकाेले आफु सभा बहिस्कार गरेकाे वताइन ।

कालिका टाइम्ससंग कुरा गर्दै उनले भनिन  “गाउँ सभा सदस्यहरुलाई प्रलाेभनमा पारी नियम मिचेर सभाकाे उपस्थितीमा हस्ताक्षर गराउनु भएकाे छ । त्यसलाई हामी सभा सम्पन्न भएकाे मानदिनाैं, कानुन मिचेर जबरजस्ती गर्न खाेजिए म अदालत जान्छु ।”

यस बिषयमा गाउँपालिका अध्यक्ष चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत महेश सिंहसंग बुझ्न माेबाइलमा सम्पर्क गर्न खाेज्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...