23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा कोरोना संक्रमित एक युवककाे मृत्यु

वीरगंज । वीरगंजकाे नारायणी अस्थायी काेराेना अस्पताल गण्डकमा आज अपरान्ह काेराेना भाइरस संक्रमित एक युवककाे मृत्यु भएकाे छ ।

रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा असार २४ गते भर्ना भएका ३६ वर्षिय युवाको मृत्यु भएको हाे । उनी असार २४ गते भारतको बैगलोरबाट आएका थिए ।

असार २९ गते उनको स्वास्थ्यमा अचानक समस्य आएपछि उनको स्वाब संकलन गरी हेटौडा परिक्षणको लागि पठाइएको थियो ।

उनलाई थप उपचारको लागि वीरगंजको अस्थायी कोभिड अस्पतालमा पठाएकोमा बुधवार विहान साढे ६ बजेदेखि उनको श्वासप्रवासमा गडबडी आएको थियो । चिकित्सकको कठिन प्रयास पछि पनि उनलाई बचाउन नसकिएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले बताए ।

उनले भने, ती युवकको हेटौडा ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो, आज साढे ४ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उनको पिसिआर गर्दा पनि बचाउन सकिएन ।

ती युवक १५ दिन अघि भारतको बैगलोरमा अचानक मृत्यु भएको दाइलाई भेटन अस्पताल पुगेका थिए । उनका दाइको मृत्यु पनि कोरोना संक्रमणबाट भारतमा भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.889 sec. Memory consumption:81.48 mb