Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

तिलावे नदिमा बेपत्ता भएकाे बालकको शव भेटियो

spot_img
spot_img

वीरगंज । तिलावे नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको बुधबार बिहान शव भेटिएको छ ।

बेपत्ता बालक वीरगन्ज महानगरपालिका– १९ बिन्दवासिनीका मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

मंगलबार दिउँसो ४ जना साथीहरूसँगै नुहाउने क्रममा सुमित नदीमा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले खाेजी कार्य सुरु गरेकाे थियाे ।

फेला पारेको शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी नायब उपरिक्षक कुँवरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...