Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

४ महिलासहित २ सय ५३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी वीरगंजकाे आयाेजनामा बुधबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित परम्परा पार्टी प्यालेसमा भएकाे कार्यक्रममा ४ महिलासहित २ सय ५३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

साहिब दरबार सेवा संस्थानका अध्यक्ष एवं जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, शशिकपुर मियाँ, सिपु तिवारी, मुकेश द्विवेदी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्त संचार केन्द्रमा रक्त अभाव भएपछि रक्त अभाव हुन नदिन आकस्मिक रुपमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजक संस्थाका अध्यक्ष सिंहले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...