Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

एल.एस. न्यूरो अस्पताल उपचारको नाममा सर्बसाधारणलाई ठग्दै

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा विरामी उपचारको नाममा निजी अस्पतालले लुटतन्त्र मच्चाएका छन् । उपचारका लागि आएका विरामीहरुसँग मनोमानी ढँगबाट रकम असुली गरि रहेका छन् ।

कोरोना महामारीकाे समयमा पनि वीरगंजका निजी अस्पतालहरुले सर्वसाधारणहरुलाई सकेसम्म खुन चुसेझै निरक्षर व्यक्तिसंग पैसा असुल्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

साधारणतया टाउकोमा चोट लागि उपचारका लागि वीरगन्ज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित रहेको एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.मा आएका एक व्यक्तिसँग अस्पतालले एक दिनमा २० हजार रुपैया असुली गरेको छ ।

सडकमा लडेर टाउकोमा चोट लागेका ६ वर्षीय बालकलाई उपचार गराउन आउँदा एक दिनमा २० हजार रुपैया तिर्नु परेको विरामीका आफन्तले बताएका छन् । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरस्थित घर भई शनिबार विहान सडकमा खसेर टाउकोमा चोट लागि जाँच गराउन आइतबार दिउँसो ३ बजे अस्पताल पुगेका ६ वर्षीय बालकलाई आई.सि.यू. कक्षमा राख्नुपर्ने भन्दै अस्पतालले भर्ना गरेको थियो ।

मोटरसाइकलमा बसेर आफै अस्पतालसम्म पुगेका बालकलाई आई.सि.यू.मा भर्ना गराई सिटि स्केन गर्नुका साथै सम्पूर्ण शरिरको चेकजाँच गर्नुपर्छ भन्दै अन्धाधुन्ध बिल बनाएका अस्पतालले आइतबार दिउँसो ३ बजेदेखि सोमबार दिउँसो ३ बजेसम्ममा २० हजार रुपैया बुझेकाे हाे ।

अस्पतालद्वारा एउटा साधारण प्यान बिल काटेर हातले विभिन्न शिर्षकमा लागेको खर्चको विवरण लेखि विरामीका आफन्तलाई थमाइयो । एक दिनको बिल हेर्ने वित्तिकै आफन्त चकित पर्दै साधारण चोटपटक लागेको बच्चालाई यति खर्च कसरी लाग्यो भन्दा डाक्टरसाबले जे जे भन्नुभएको छ, त्यो सबै चेकजाँचको पैसा रहेको भन्दै बेतुकको जवाफ पायो ।

अस्पतालले दिएको हातले लेखेको बिललाई हेरेर नै प्रष्ट हुन्छ कि उपचारको नाममा कतिको लुटतन्त्र छ ? अस्पतालले दिएको रसिदमा आई.सि.यू. कक्षको शुल्क रु ५ हजार, डाक्टर राउण्ड शुल्क रु १ हजार ५ सय, एडमिशन शुल्क रु ५ सय २५ रुपैया, नर्सिङ्ग शुल्क रु ४ सय, ल्याब शुल्क रु ५ हजार ४५ रुपैया, अर्को डाक्टर (जसले भर्ना गर्यो) शुल्क रु १ हजार, एक्सरे चार्ज रु ४ सय २० रुपैया, एन.सि.सि.टि. अफ ब्रेन शुल्क रु ४ हजार २ सय, इमर्जेन्सी टिकट रु ३ सय २५ रुपैया गरि रु १८ हजार ४ सय १५ रुपैयाको रकम उल्लेख छ ।

अस्पतालकै रसिद अनुसार अन्य निजी अस्पताल भन्दा सबै शुल्कमा डेढ देखि दुई गुणासम्म शुल्क बढि लिइएको देखिन्छ ।

वीरगन्जको कुनै पनि निजी अस्पतालमा एक दिनको आई.सि.यू. शुल्क रु ५ हजार छैन, २ हजार ५ सयदेखि ३ हजारसम्म छ । ल्याब शुल्क कुन शुल्क हो भन्ने अस्पतालसँग पनि चित्त बुझ्दो जवाफ छैन । ल्याब शुल्कको बारेमा बुझ्दा पुरै शरिर चेकजाँच गरे वापत शुल्क लिइएको बताउँछन् ।

चोट लाग्यो टाउकोमा त सिटि स्कयान्सम्म ठीक छ, पुरै शरिर किन चेकजाँच गर्नुपर्यो ? भनेर सोध्दा पुरै शरिर चेकजाँच विना औषधी कसरी चलाउने ?

यस्ता यस्ता विविध बहानामा अस्पतालले गरिब, असहाय, निरक्षर परिवारलाई ठगी रहेका छन् । अस्पतालमा चेकजाँच गराउन आउँदा ठेगाना हेर्ने वित्तिकै यी व्यक्तिबाट कतिसम्म पैसा असुल गर्न सकिन्छ भन्ने यकिन गरेर विभिन्न योजना बनाउँदै ठग्न सक्रिय छन् यस्ता अस्पतालहरु । यो त उदाहारण मात्रै हो, यहाँ अधिकाँश निजी अस्पतालले विरामी उपचार भन्दा पनि कमाउ धन्दालाई प्रशय दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...

मुक्त हरवाचरवा अधिकार मञ्चद्वारा सरकारलाई १० दिने अल्टिमेटम

जनकपुरधाम । मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारसँग माग गर्दै १०...

वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले...