Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

एल.एस. न्यूरो अस्पताल उपचारको नाममा सर्बसाधारणलाई ठग्दै

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा विरामी उपचारको नाममा निजी अस्पतालले लुटतन्त्र मच्चाएका छन् । उपचारका लागि आएका विरामीहरुसँग मनोमानी ढँगबाट रकम असुली गरि रहेका छन् ।

कोरोना महामारीकाे समयमा पनि वीरगंजका निजी अस्पतालहरुले सर्वसाधारणहरुलाई सकेसम्म खुन चुसेझै निरक्षर व्यक्तिसंग पैसा असुल्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

साधारणतया टाउकोमा चोट लागि उपचारका लागि वीरगन्ज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित रहेको एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.मा आएका एक व्यक्तिसँग अस्पतालले एक दिनमा २० हजार रुपैया असुली गरेको छ ।

सडकमा लडेर टाउकोमा चोट लागेका ६ वर्षीय बालकलाई उपचार गराउन आउँदा एक दिनमा २० हजार रुपैया तिर्नु परेको विरामीका आफन्तले बताएका छन् । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरस्थित घर भई शनिबार विहान सडकमा खसेर टाउकोमा चोट लागि जाँच गराउन आइतबार दिउँसो ३ बजे अस्पताल पुगेका ६ वर्षीय बालकलाई आई.सि.यू. कक्षमा राख्नुपर्ने भन्दै अस्पतालले भर्ना गरेको थियो ।

मोटरसाइकलमा बसेर आफै अस्पतालसम्म पुगेका बालकलाई आई.सि.यू.मा भर्ना गराई सिटि स्केन गर्नुका साथै सम्पूर्ण शरिरको चेकजाँच गर्नुपर्छ भन्दै अन्धाधुन्ध बिल बनाएका अस्पतालले आइतबार दिउँसो ३ बजेदेखि सोमबार दिउँसो ३ बजेसम्ममा २० हजार रुपैया बुझेकाे हाे ।

अस्पतालद्वारा एउटा साधारण प्यान बिल काटेर हातले विभिन्न शिर्षकमा लागेको खर्चको विवरण लेखि विरामीका आफन्तलाई थमाइयो । एक दिनको बिल हेर्ने वित्तिकै आफन्त चकित पर्दै साधारण चोटपटक लागेको बच्चालाई यति खर्च कसरी लाग्यो भन्दा डाक्टरसाबले जे जे भन्नुभएको छ, त्यो सबै चेकजाँचको पैसा रहेको भन्दै बेतुकको जवाफ पायो ।

अस्पतालले दिएको हातले लेखेको बिललाई हेरेर नै प्रष्ट हुन्छ कि उपचारको नाममा कतिको लुटतन्त्र छ ? अस्पतालले दिएको रसिदमा आई.सि.यू. कक्षको शुल्क रु ५ हजार, डाक्टर राउण्ड शुल्क रु १ हजार ५ सय, एडमिशन शुल्क रु ५ सय २५ रुपैया, नर्सिङ्ग शुल्क रु ४ सय, ल्याब शुल्क रु ५ हजार ४५ रुपैया, अर्को डाक्टर (जसले भर्ना गर्यो) शुल्क रु १ हजार, एक्सरे चार्ज रु ४ सय २० रुपैया, एन.सि.सि.टि. अफ ब्रेन शुल्क रु ४ हजार २ सय, इमर्जेन्सी टिकट रु ३ सय २५ रुपैया गरि रु १८ हजार ४ सय १५ रुपैयाको रकम उल्लेख छ ।

अस्पतालकै रसिद अनुसार अन्य निजी अस्पताल भन्दा सबै शुल्कमा डेढ देखि दुई गुणासम्म शुल्क बढि लिइएको देखिन्छ ।

वीरगन्जको कुनै पनि निजी अस्पतालमा एक दिनको आई.सि.यू. शुल्क रु ५ हजार छैन, २ हजार ५ सयदेखि ३ हजारसम्म छ । ल्याब शुल्क कुन शुल्क हो भन्ने अस्पतालसँग पनि चित्त बुझ्दो जवाफ छैन । ल्याब शुल्कको बारेमा बुझ्दा पुरै शरिर चेकजाँच गरे वापत शुल्क लिइएको बताउँछन् ।

चोट लाग्यो टाउकोमा त सिटि स्कयान्सम्म ठीक छ, पुरै शरिर किन चेकजाँच गर्नुपर्यो ? भनेर सोध्दा पुरै शरिर चेकजाँच विना औषधी कसरी चलाउने ?

यस्ता यस्ता विविध बहानामा अस्पतालले गरिब, असहाय, निरक्षर परिवारलाई ठगी रहेका छन् । अस्पतालमा चेकजाँच गराउन आउँदा ठेगाना हेर्ने वित्तिकै यी व्यक्तिबाट कतिसम्म पैसा असुल गर्न सकिन्छ भन्ने यकिन गरेर विभिन्न योजना बनाउँदै ठग्न सक्रिय छन् यस्ता अस्पतालहरु । यो त उदाहारण मात्रै हो, यहाँ अधिकाँश निजी अस्पतालले विरामी उपचार भन्दा पनि कमाउ धन्दालाई प्रशय दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...