Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सुशान्तका लागि रियाले लेखिन् नोट – तिमीलाई जीवनभरी प्रेम गरिरहनेछु

spot_img
spot_img

सुशान्त सिंह राजपूतको निधन भएको आज ठ्याक्कै एक महिना भयो । १४ जूनमा सुशान्त सिंह आफ्नो बान्द्रास्थित घरमा मृत पाइएका थिए । प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएका थिए ।

सुशान्तको मृत्यु भएको महिना दिन पूरा हुँदा उनकी प्रेमिका रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छिन् जुन सोसल मिडियामा चर्चाको विषय बनेको छ । साथै रियाले एउटा नोट पनि लेखेकी छिन् ।

रियाले लेखेकी छिन्, ‘अहिलेसम्म आफ्नो भावनामाथि नियन्त्रण पाउनका लागि जुधिरहेकी छु । आफैंसँग लडिरहेकी छु । मेरो मुटुमा एउटा शून्यता छाएको छ । तिमी ती व्यक्ति हौ जसले मलाई प्रेममा र प्रेमको शक्तिमाथि विश्वास गर्न सिकायौ । तिमीले गणितको एउटा सानो फर्मूलाले जीवन बुझ्न कति मद्दत गर्छ भनेर सिकाएको छ । मैले तिमीबाट हरेक दिन सिकेकी छु । तिमी अब छैनौ भनेर मेरो मनले यो कुरा कहिल्यै स्विकार गर्न सक्दैनँ । मलाई थाहा छ तिमी अब आनन्दको जीवन बाँचिरहेको छौ ।’

रियाले लेखिन्, ‘चन्द्रमा, तारा, आकाशगंगाले ‘यो वैज्ञानिक’ लाई हात फैलाएर स्वागत गरिरहेका होलान् ।’

‘अब तिमीले पनि ती चम्किलो तारामध्ये एक हौ । मेरो ‘सुटिङ स्टार’ मा तिम्रो प्रतिक्षा गर्नेछु र तिमी फिर्ता होउ भनेर माग्नेछु । म सुन्दर व्यक्ति जस्तो हुनसक्छन् तिमी ठ्याक्कै त्यस्तै थियौ । एक उत्कृष्ट व्यक्ति जसलाई संसारले देखे ।’

रियाले लेखिन्, ‘चन्द्रमा, तारा, आकाशगंगाले ‘यो वैज्ञानिक’ लाई हात फैलाएर स्वागत गरिरहेका होलान् ।’

‘अब तिमीले पनि ती चम्किलो तारामध्ये एक हौ । मेरो ‘सुटिङ स्टार’ मा तिम्रो प्रतिक्षा गर्नेछु र तिमी फिर्ता होउ भनेर माग्नेछु । म सुन्दर व्यक्ति जस्तो हुनसक्छन् तिमी ठ्याक्कै त्यस्तै थियौ । एक उत्कृष्ट व्यक्ति जसलाई संसारले देखे ।’

अंकितको पनि पोस्टः

उता सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन् । यसअघि सुशान्त सिंह राजपूतको मृत्युपछि अंकिता लोखंडेले इन्स्टाग्राममा एउटा पनि पोस्ट गरेकी थिइनन् ।

अंकिता लोखंडेले एउटा तस्बिरले पोस्ट गरेकी छिन् जसमा पूजा कोठाा एउटा बत्ती बलिरहेको देखिएको छ । यससँगै सेतो फूल पनि चढाइएको छ । अंकिताले यो पोस्टमा तीन शब्द मात्रै लेखेकी छिन् – भगवानको सन्तान । ’

स्रोतः बीबीसी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा प्रथम भेट्रान कप हुँदै, विजेतालाई ५० हजार पुरस्कार

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा...

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...