Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

तिलावे नदीमा नुहाउने क्रममा बालक वेपत्ता, खोजी कार्य हुदै

spot_img
spot_img

वीरगन्ज । पर्साको विन्दवासिनी स्थित तिलावे नदीमा हाम फालेका १२ वर्षीय बालक वेपत्ता भएका छन् । नुहाउने क्रममा तिलावे नदीमा हाम फालेका वीरगन्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी निवासी मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित साह कलवार वेपत्ता भएको प्रहरीले जनाएको छ ।

चार जना साथीहरुसँग नुहाउने क्रममा बाढी आएको तिलावे नदीमा हाम फालेका कलवार वेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार दिउँसो करिब २ बजेको समयमा बालक बेपत्ता भएका थिए । बालक वेपत्ता भएको सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय पर्साका विपत्त टोली नदीमा खोजतालास गरि रहेको छ तर हालसम्म बालक फेला परेको छैन ।

बालकलाई खोज्नका लागि नेपाल प्रहरी लगायत सशस्त्र प्रहरी तथा स्थानीयहरुको प्रयास पनि जारी रहेको छ । विगत ५ दिनदेखि परि रहेको झरी वर्षाका कारण पर्साका नदीहरुमा पानीको सतह बढेसँगै तिलावे नदीमा पानीको बहाव बढेको हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा...

पर्सामा ग्यासको कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कडा कारबाहीको चेतावनी

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज, नियमित र पारदर्शी बनाउन कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने (भण्डारण...