Date
आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026

प्रधानमन्त्री ओलीले तथ्यहिन अभिव्यक्ति दिएर नेपाल र भारत बिचको सम्बन्ध विगार्न खोजे

वीरगंज । विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंहले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले तथ्यहिन अभिव्यक्ति दिएर नेपाल र भारत विचको सम्बन्धलाई बिथोल्ने प्रयास गरीरहेको आरोप लगाउँनु भएको छ ।

दुई देश बिचको सम्बन्ध मध्ये सांस्कृतिक सम्बध अटुट रहेपनि यसलाई बिथोल्न कम्युनिष्ट सरकार लागि परेको उनको आरोप छ । धर्मलाई अफिम भन्ने कम्युनिष्ट सरकारले आफने दुई तिहाईको दम्भमा दुई देश बीचमा रहेको सांस्कृतिक, एतिहासिक सम्बन्ध बिथोल्नको लागि भगवान श्री रामको जन्मभूमिको सांस्कृतिक तथ्य संग खेलवाड गर्न खोजिएको छ ।

उनले भने, प्रधानमन्त्री ओलीले तथ्यहिन तर्क दिएर ३ करोड नेपालीलाई नै बेईज्जत गरेको भान हुन आएको छ । धर्मलाई अफिम भन्ने कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीले यस्तो वाहियात अभिव्यक्ति दिएर ३ करोड स्वाभिमानी नेपालीलाई नै विश्व सामु बेईज्जत गरेको स्पष्ट रहेको उनले बताए ।

नेपाललाई अफगानिस्तान बनाउँने दिशामा केपी ओलीले कार्य गरिहेको पुष्टि उनले दिएको तथ्यहिन अभिव्यक्तिले पुष्टि भईरहेको छ, उनले भने, अफगानिस्तान कुनै बेला बुद्ध भूमि थियो तर अमेरिका र रुसको ईसारामा त्यो देशको मुल संस्कृतिलाई सखाप पर्ने काम गरियो अन्नत त्यो देश ईस्लामी देशको रुपमा छ ।

त्यही रवैया ओली नेतृत्वको कम्युनिष्ट सरकारले ल्याउँन खोजेका छन, नेपाली जनताले समयमै कम्युनिष्ट सरकार माथि लगाम लगाएनौ भने, नेपाल पनि भोलीका दिनमा अफगानिस्तान हुन नसक्ने आधार छैन ।

कम्युनिष्ट मुलुकको लागि घातक रहेको हुनाले नेपालबाट नै यिनिहरुलाई सखाप गर्नको लागि सम्पूर्ण आम नेपाली जनता एकजुट हुन अहिलेको आवश्यकत रहेको उनले औल्याए । उनले भने, एकतर्फ मुलुकमा व्यापक रुपमा भ्रष्टाचार, बलात्कार, व्यवरोजगारी सृजना भएर युवा भौतारि रहेका छन भने, अर्को तर्फ कोरोना महामारी ले देशमा विभिन्न किसिमको समस्या उत्पन्न भएरहेको बेला जनताको ध्यान भडकाउँने काम बाहेक अरु केहि गर्न सकेको छैन यो सरकारले ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरमा रास्वपाको प्रथम भेला सम्पन्न, प्रशुराम साह बने गाउँपालिका सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जगरनाथपुर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले प्रशुराम साहको नेतृत्वमा ११...

रास्वपा बाराको बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीन जना घाइते

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा संस्थापन पक्ष र संस्थापक...

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

वीरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political...