Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

प्रधानमन्त्री ओलीले तथ्यहिन अभिव्यक्ति दिएर नेपाल र भारत बिचको सम्बन्ध विगार्न खोजे

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र सिंहले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले तथ्यहिन अभिव्यक्ति दिएर नेपाल र भारत विचको सम्बन्धलाई बिथोल्ने प्रयास गरीरहेको आरोप लगाउँनु भएको छ ।

दुई देश बिचको सम्बन्ध मध्ये सांस्कृतिक सम्बध अटुट रहेपनि यसलाई बिथोल्न कम्युनिष्ट सरकार लागि परेको उनको आरोप छ । धर्मलाई अफिम भन्ने कम्युनिष्ट सरकारले आफने दुई तिहाईको दम्भमा दुई देश बीचमा रहेको सांस्कृतिक, एतिहासिक सम्बन्ध बिथोल्नको लागि भगवान श्री रामको जन्मभूमिको सांस्कृतिक तथ्य संग खेलवाड गर्न खोजिएको छ ।

उनले भने, प्रधानमन्त्री ओलीले तथ्यहिन तर्क दिएर ३ करोड नेपालीलाई नै बेईज्जत गरेको भान हुन आएको छ । धर्मलाई अफिम भन्ने कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीले यस्तो वाहियात अभिव्यक्ति दिएर ३ करोड स्वाभिमानी नेपालीलाई नै विश्व सामु बेईज्जत गरेको स्पष्ट रहेको उनले बताए ।

नेपाललाई अफगानिस्तान बनाउँने दिशामा केपी ओलीले कार्य गरिहेको पुष्टि उनले दिएको तथ्यहिन अभिव्यक्तिले पुष्टि भईरहेको छ, उनले भने, अफगानिस्तान कुनै बेला बुद्ध भूमि थियो तर अमेरिका र रुसको ईसारामा त्यो देशको मुल संस्कृतिलाई सखाप पर्ने काम गरियो अन्नत त्यो देश ईस्लामी देशको रुपमा छ ।

त्यही रवैया ओली नेतृत्वको कम्युनिष्ट सरकारले ल्याउँन खोजेका छन, नेपाली जनताले समयमै कम्युनिष्ट सरकार माथि लगाम लगाएनौ भने, नेपाल पनि भोलीका दिनमा अफगानिस्तान हुन नसक्ने आधार छैन ।

कम्युनिष्ट मुलुकको लागि घातक रहेको हुनाले नेपालबाट नै यिनिहरुलाई सखाप गर्नको लागि सम्पूर्ण आम नेपाली जनता एकजुट हुन अहिलेको आवश्यकत रहेको उनले औल्याए । उनले भने, एकतर्फ मुलुकमा व्यापक रुपमा भ्रष्टाचार, बलात्कार, व्यवरोजगारी सृजना भएर युवा भौतारि रहेका छन भने, अर्को तर्फ कोरोना महामारी ले देशमा विभिन्न किसिमको समस्या उत्पन्न भएरहेको बेला जनताको ध्यान भडकाउँने काम बाहेक अरु केहि गर्न सकेको छैन यो सरकारले ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...