Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

spot_img
spot_img

बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो ।

पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या  र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

आइतबार बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक अभिषेक बच्चनले यो परिस्थितिमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...