Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पाकिस्तानमा मन्दिर निर्माणमा रोक लगाएको विरोधमा वीरगन्जमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । पाकिस्तानको ईस्लामाबादमा ऐतिहासिक हिन्दु मन्दिर निर्माणमा रोक लगाएको विरोधमा हिन्दुवादी संगठनले वीरगन्जमा विरोध प्रर्दशन गरेका छन ।

हिन्दु मन्दिर निर्माणमा त्यहाँको सरकारले रोक लगाएको विरोधमा शनिबार नेपाल विश्व हिन्दु महासंघले प्रदर्शन सहित त्यहाँका प्रधानमन्त्री ईमरान खानको पुतला समेत जलाएका हुन । प्रदर्शनमा सहभागी हिन्दु धर्म समर्थकहरुले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विरोधमा नाराबाजी गर्दै उनको पुत्ला जलाएका थिए ।

पुतला दहन अघि वीरगन्जको श्रीपुरबाट हिन्दु महासंघले निकालेको विरोध जुलुश नगर परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने हिन्दु धर्मका अगुवाहरुले पाकिस्तानका प्रधानमन्त्री खान आफैले आदेश दिएपछि इस्लामावादमा हिन्दु मन्दिर निर्माणको काम थालिएको तर पछि त्यहाको राजनीतिक दबाबमा मन्दिर निर्माणमा रोक लगाएर हिन्दु धर्मावलम्बी माथि अन्याय गरेको बताए ।

नेपालका प्रधानमन्त्रीले पाकिस्तानी प्रधानमन्त्रीसंग कुटनीतीक सम्वाद गरेर मन्दिर निर्माणको काम सुचारु नगराए नेपालकै प्रधानमन्त्रीको पनि पुत्ला जलाउन आफुहरु बाध्य हुने चेतावनी पनि उनिहरुले दिए ।

कोणसभालाइ सम्बोधन गर्दै नेपाल विश्व हिन्दु महासंघ राष्ट्रिय उपाध्यक्ष विजय प्रकाश बिनले ८४ प्रतिशत हिन्दु रहेको नेपालमा राष्ट्रिय मुस्लिम आयोग जस्तै राष्ट्रिय हिन्दु आयोग पनि सरकारले गठन गर्नु पर्ने माग गरे । यदि राष्ट्रिय हिन्दु आयोग सरकारले गठन गर्दैन भने मुस्लिम आयोग पनि खारेज हुनुपर्छ, उनले भने,‘ नेपालको पहिचान हिन्दु राष्ट्र नै हो, यो कायम गर्नु पर्छ, अन्यथा हिन्दु राष्ट्रका लागि नेपालका हिन्दुहरु एकजुट भएर सडकमा उत्रिन्छन् ।

उनले नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो र आज पनि हिन्दु राष्ट्र नै रहेको बताए । नेपालको सविधानमा हिन्दु राष्ट्र नलेखे तापनि नेपालीको मनमुटुबाट हिन्दु राष्ट्र हटाउँन सकिएको छैन, ‘उपाध्यक्ष निषाधले भने, हामी कमजोर नै तर हामी संगठित पनि छौनौ, जुन दिन हामी संगठित हुन्छौ नेपालमा काया पलट हुन्छ र विदेशी एजेन्टहरु पलाएन हुन्छन ।

आफनै देशमा धार्मिक संगठन खोलेर हिन्दु राष्ट्र माँग गरिरहेका छौ यो विलम्बना हो । उनले नेपालको प्रधानमन्त्री, राष्ट्रपति, अर्थमन्त्री र सम्पूर्ण पार्टीको अध्यक्ष हिन्दु भएपनि हिन्दुको आवाज सुन सकेको छैन ।

नेपाल विश्व हिन्दु महासंघ राष्ट्रिय सचिव अभिषेक तिवारीले पाकिस्तानमा हिन्दु माथि भइरहेको ज्यादतीको नेपालका मुस्लिम समुदायले पनि विरोध जनाउनु पर्ने आग्रह गरे । नेपालमा पनि हिन्दु धर्म र हिन्दु धर्मावलम्बीहरु माथि धावा बोल्ने काम भइरहेको भन्दै तिवारीले विदेशी डलरको प्रभावमा परेर नेपाललाइ धर्मनिरपेक्ष राष्ट्र बनाइएको आरोप लगाए ।

उनले भने,‘ क्रिश्चियनहरु हाबी हुदै गइरहेका छन् , यदि सरकारले बेलैमा सोचेन भने देशभरिका हिन्दुहरु आफनो धर्म र धार्मिक पहिचान जोगाउनका लागि सडकमा आउन तयार छन् । नेपाल विश्व हिन्दु महासंघ प्रदेश २ का अध्यक्ष विशाल झाको अध्यक्षतामा भएको विरोध कार्यक्रममा उपाध्यक्ष राम अयोध्या महत्तो, नगर अध्यक्ष अनुराग झा लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...