36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

फेटा गाउँपालिकाद्वारा चट्याङबाट मृत्यु भएका परिवारलाई सहयाेग

वीरगंज । बाराकाे फेटा गाउँपालिकाले चट्याङबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयाेग गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ त्रिवेणीमा चट्याङबाट मृत्यु भएका सिन्धु देवी र सुनपती देवीको परिवारलाई आर्थिक सहयाेग गरेकाे हाे ।

मृतकका आफन्त हिरालाल महतो र जादोलाल महतोलाई गाउँपालिकाकाे विपद् काेषबाट रु ५० हजारकाे दरले सहयाेग गरिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । सहयाेग  रकम बराबरकाे चेक गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादले पिडितहरुकाे घर मै पुगि शुक्रबार हस्तान्तरण गर्नु भएकाे अधिकृत मेहताले जनाए ।

मृतकहरुकाे काज क्रिया गर्नकाे लागि पूर्व घाेषित अनुसारकाे रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे उनले जानकारी गराए ।

कार्यपालिका सदस्य विराजमान साह, रामसुनर ठाकुर लगायतकाे उपस्थितीमा चेक हस्तान्तरण गरिएकाे थियाे ।

जेठ १८ गते फेटाकाे गाउँपालिकाकाे त्रिवेणीमा चट्याङ लागेर धान राेपाई गर्न गएका २ महिलाकाे मृत्यु भएकाे थियाे भने ७ जना घाइते भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.153 sec. Memory consumption:82.5 mb