Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

हास्य कलाकार सन्दीप क्षेत्रीले आफ्नाे गल्ती स्विकार गर्दै माफी मागे

spot_img
spot_img

काठमाडौं : कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्।

बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन्।

उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप कार्यक्रममा प्रस्तुत हुने साम्रग्री परिमार्जन गरिने बताए।

‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरेका थिए। सो अभिनयले मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको भन्दै उनको विरोध गरिएको थियो।

उनीविरुद्ध वीरगंजका युवा ओमप्रकाश सरार्फ लगायतकाले उजुरी समेत दिएका थिए। ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्‍याउने गरि कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे...