Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

काँग्रेसबाट काेई कतै पार्टी प्रवेश गरेकाे छैन् : अध्यक्ष यादव

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस जगरनाथपुरबाट साधारण सदस्यहरु समेत कुनै कतै पार्टी प्रवेश नगरेको प्रदेश इकाई समिति अध्यक्ष श्रीकान्त यादवले वताएका छन् ।

पर्सा क्षेत्र नं. ४ काे “क” का इकाई समिति अध्यक्ष यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ २३ गतेका दिन जगरनाथपुर गाउँपालिकाको वार्ड नं. ६ औराहाभन्ने ठाउँमा केही व्यक्तिहरुको जमात खडा गरी अफ्नो आसेपासेहरुलाई जमघट गरेको भेलालाई पार्टी प्रवेशको रुपमा चित्रण गरीएको प्रति खेद प्रकट गरेका छन् ।

उनले नेपाली काँग्रेसको एक सय ५० जनाकार्यकर्ता पार्टी प्रवेश गरेको भनिएकाे समाचारकाे खेट प्रकट गर्दै गलत कुरा भएकाे वताएका छन् ।

प्रसे विज्ञप्तीमार्फत अध्यक्ष यादवले नेपाली काँग्रेसको साधारण सदस्यता समेत नरहेको साथै मतदाता नमावलीमा पनि नामहरु नरहेको केही व्यक्तिहरु कोरोना माहामारीमा खसी काटी भोज गर्नेै क्रममा जम्मा गरेको व्यक्तिहरु पर्टी प्रवेश गर्न आएका हुनकी भोजको लागि जमघट भएका हुन भने खोजविन गर्न पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।

नेपाली काँग्रेस प्रति आस्थावान कार्यकर्तालाई कसैले ललाई फकाई आफनो पक्षमा गर्न फलामको चिउरा चपाउन बरावर भएकाे उनकाे भनाई छ ।

विकास निर्माणमा चरम लापरवाही, भ्रस्टाचारमा लिप्त जनप्रतिनिधिहरुको क्रियाक्लापलाई बकुला ध्यानबाट निगरानी गरिरहेको नेपाली काँग्रेसको कार्यकर्ताहरुको ध्यानलाई भटकाउन पार्टी प्रबेशकाे नाममा मंचन गरिएको एक नाटक भएकाे अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...