31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

काँग्रेसबाट काेई कतै पार्टी प्रवेश गरेकाे छैन् : अध्यक्ष यादव

वीरगंज । नेपाली काँग्रेस जगरनाथपुरबाट साधारण सदस्यहरु समेत कुनै कतै पार्टी प्रवेश नगरेको प्रदेश इकाई समिति अध्यक्ष श्रीकान्त यादवले वताएका छन् ।

पर्सा क्षेत्र नं. ४ काे “क” का इकाई समिति अध्यक्ष यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ २३ गतेका दिन जगरनाथपुर गाउँपालिकाको वार्ड नं. ६ औराहाभन्ने ठाउँमा केही व्यक्तिहरुको जमात खडा गरी अफ्नो आसेपासेहरुलाई जमघट गरेको भेलालाई पार्टी प्रवेशको रुपमा चित्रण गरीएको प्रति खेद प्रकट गरेका छन् ।

उनले नेपाली काँग्रेसको एक सय ५० जनाकार्यकर्ता पार्टी प्रवेश गरेको भनिएकाे समाचारकाे खेट प्रकट गर्दै गलत कुरा भएकाे वताएका छन् ।

प्रसे विज्ञप्तीमार्फत अध्यक्ष यादवले नेपाली काँग्रेसको साधारण सदस्यता समेत नरहेको साथै मतदाता नमावलीमा पनि नामहरु नरहेको केही व्यक्तिहरु कोरोना माहामारीमा खसी काटी भोज गर्नेै क्रममा जम्मा गरेको व्यक्तिहरु पर्टी प्रवेश गर्न आएका हुनकी भोजको लागि जमघट भएका हुन भने खोजविन गर्न पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।

नेपाली काँग्रेस प्रति आस्थावान कार्यकर्तालाई कसैले ललाई फकाई आफनो पक्षमा गर्न फलामको चिउरा चपाउन बरावर भएकाे उनकाे भनाई छ ।

विकास निर्माणमा चरम लापरवाही, भ्रस्टाचारमा लिप्त जनप्रतिनिधिहरुको क्रियाक्लापलाई बकुला ध्यानबाट निगरानी गरिरहेको नेपाली काँग्रेसको कार्यकर्ताहरुको ध्यानलाई भटकाउन पार्टी प्रबेशकाे नाममा मंचन गरिएको एक नाटक भएकाे अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.808 sec. Memory consumption:81.5 mb