Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

भारत उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ

spot_img
spot_img

काठमाडौं । भारतको उज्जैनबाट उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ परेका छन् । गत साता आठ प्रहरीको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी महाकालको दर्शनका लागि उज्जैन गएका थिए, त्यहाँको सुरक्षा गार्डले उनलाई चिनेका थिए । त्यसपछि तत्काल प्रहरी एक्सनमा आएर उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरीलाई पनि दुबे महाकाल मन्दिरमा दर्शन गर्न गएको समाचार प्राप्त भएको थियो । उत्तर प्रदेशले विकास दुबेलाई बाहिर जान नदिन सीमा क्षेत्रमा कडाइ गरिएको बताए पनि दुबे मध्य प्रदेशको उज्जैनसम्म पुगेका हुन् ।

दुबेको गिरफ्तारीको विषयमा विस्तृत जानकारी नदिइएको भए पनि मध्य प्रदेशको प्रहरीले उनको पक्राउको पुष्टि गरेको छ ।

गत मंगलबार दुबे हरियाणको फरिदाबादको एक होटलमा देखिएका थिए । त्यहाँबाट भागेर उनी मध्यप्रदेश पुगेका हुन् । यसैबीच बिहीबार नै कानपुर र इटावामा गरी दुई इन्काउन्टर भएको छ । प्रहरीसँगको यी दुई  इन्काउन्टरमा दुबेका दुई सहयोगी पनि मारिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...