Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भारत उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ

spot_img
spot_img

काठमाडौं । भारतको उज्जैनबाट उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ परेका छन् । गत साता आठ प्रहरीको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी महाकालको दर्शनका लागि उज्जैन गएका थिए, त्यहाँको सुरक्षा गार्डले उनलाई चिनेका थिए । त्यसपछि तत्काल प्रहरी एक्सनमा आएर उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरीलाई पनि दुबे महाकाल मन्दिरमा दर्शन गर्न गएको समाचार प्राप्त भएको थियो । उत्तर प्रदेशले विकास दुबेलाई बाहिर जान नदिन सीमा क्षेत्रमा कडाइ गरिएको बताए पनि दुबे मध्य प्रदेशको उज्जैनसम्म पुगेका हुन् ।

दुबेको गिरफ्तारीको विषयमा विस्तृत जानकारी नदिइएको भए पनि मध्य प्रदेशको प्रहरीले उनको पक्राउको पुष्टि गरेको छ ।

गत मंगलबार दुबे हरियाणको फरिदाबादको एक होटलमा देखिएका थिए । त्यहाँबाट भागेर उनी मध्यप्रदेश पुगेका हुन् । यसैबीच बिहीबार नै कानपुर र इटावामा गरी दुई इन्काउन्टर भएको छ । प्रहरीसँगको यी दुई  इन्काउन्टरमा दुबेका दुई सहयोगी पनि मारिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...