40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

पूर्व गाविस अध्यक्ष चाैरसियाकाे निधन

वीरगंज । पर्साकाे साविक गाविस भेडिहारीका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद चाैरसियाकाे आज विहान निधन भएकाे छ ।

कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ७५ बर्षिय चाैरसियाकाे निधन भएकाे हाे । पूर्व गाविस अध्यक्ष चाैरसियाकाे अस्पताल लैजाने क्रममा विहान ६:१५ बजे निधन भएकाे स्थानिय जयप्रकाश चाैरसियाले वताए ।

उनले भने ” आज विहान श्वास प्रश्वासमा समस्या आएपछि एमबुलेन्समा उहांलाई अस्पताल लैजाने क्रममा झाैवास्थित अचेत हुनु भएकाे थियाे । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पालमा पुग्दा अस्पतालले मृत घाेषण गरेकाे थियाे ।”

चाैरसिया तत्कालिन सदभावना पार्टीबाट बि.स. २०५० सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

चाैरसियाकाे हिन्दु परम्परा अनुसार आजै आफ्नै गाउँकाे आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.048 sec. Memory consumption:82.49 mb