Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मधेसी महिला अपमान गर्ने कार्यक्रम प्रसारण गरेकाे भन्दै क्षेत्रीविरुद्ध उजुरी

spot_img
spot_img

वीरगञ्ज । टेलिभिज कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री तथा कान्तिपुर टेलिभिजनविरुद्ध उजुरी दर्ताका लागि दरखास्त पठाइएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘ह्वाट द् फ्लप’को गत जुन २५ तारिखमा प्रशारित श्रृखंलामा सम्प्रेषण गरिएको सामाग्रीले मधेसी समुदाय र विशेषगरि मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै स्थानीय युवाहरुले उजुरी दर्ताका लागि हुलाक मार्फत निवेदन पठाएका हुन् ।

बुधबार विहान जिल्ला हुलाक कार्यालय पर्सामामार्फत वीरगञ्जका युवाहरुले कार्यक्रम प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, टेलिभजनका सम्पादक प्रसान्त अर्याल, कार्यक्रम संयोजक सुरेश सिंह ठकुरी र कान्तिपुर समुहका निर्देशक कैलाश सिरोहिया विरुद्ध उजुरी दर्ताकालागि काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुलाई निवेदन पठाएका छन् ।

उजुरी मार्फत मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६५ र उपदफा (१) बमोजिम मधेस र मधेसीलाई अपमानित गर्ने खालका सामाग्री सम्प्रेषण गर्ने टेलिभिजनका प्रस्तोता, निर्माता विरुद्ध कारबाहीको माग गरिएको छ ।

“मधेसी समुदाय र विशेषगरी मधेसी महिलाको अस्मितामा चोट पुर्याउने र अपमान गर्ने विषयबस्तु प्रसारण गरि मजाक बनाएको कारण हामीले सन्दीप क्षेत्री विरुद्ध उजुरी हालेका छौँ” उजुरी दर्ता गराउँन पुगेका अधिकाकर्मी एवम् स्थानीय युवा नेता ओमप्रकाश सर्राफले बताए ।

उनले मधेसी समुदायलाई जिस्काउने र बेईज्जति गर्ने खालका विषयवस्तुलाई राखेर बनाइएको उक्त कार्यक्रमले मधेसीहरुको स्वाभिमानमा ठेस पुगेको बताए ।

सर्राफले प्रहरीद्वारा कारवाही नगरिए क्षेत्री र कान्तिपुर टेलिभिजन विरुद्ध सडक संघर्ष समेत गरिने भने ।

जाहेरी दिनेमा सरार्फ सहित अशोक कुमार कुशवाहा, वृजेश्वर प्रसाद चौधरी, आशु सर्राफ, लालबाबु सिंह, किसन सर्राफ, अमिता साह, श्याम कुमार सर्राफ, निशा गुप्ता र ओम कुमार झा रहेका छन् ।

क्षेत्री र कान्तिपुर टेलिभजनविरुद्ध यसैगरि जनकपुर, विराटनगर र कपिलवस्तुबाटपनि बिहीबार उजुरी दर्ताका लागि निवेदन पठाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...