Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक

spot_img
spot_img

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर रिलिज भएको छ ।

१६ घण्टा अगाडी रिलिज भएको ट्रेलर २ करोड १० लाख बढी पटक हेरिसकेका छन् । अहिले युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ ।

ट्रेलरलाई धेरैले मन पराएका छन् । अहिलेसम्म ४४ लाख जनाले लाईक गरेका छन् भने १३ हजारले डिस लाईक गरेका छन् । २ लाख ५५ हजार बढी प्रतिक्रिया आएको छ । धेरैले राम्रो र उत्कृष्ट रहेको बताएका छन् ।

यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

करिब दुई मिनेटको यो ट्रेलरमा सुशान्तका उत्कृष्ट डायलग छन् । उनी फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका संजना सांघीलाई हँसाउने र उनको दुःख कम गर्ने कोसिस गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...