Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजका अनलाइन संचालकहरुकाे क्षमता अभिवृद्धि गरिने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले वीरगंजका अनलाइन संचालकहरुसंग मंगलबार छलफल गरेका छन् ।

वीरगंजकाे विकासमा अनलाइन मिडियाहरुले कसरी सहयाेग तथा सहकार्य गर्न सक्ने उद्देश्यले वीरगंज महानगरपालिकाकाे सभा हलमा भएकाे छलफल बैठकमा अनलाइन संचालकहरु पत्र/पत्रिका जस्तै अनलाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउनु पर्ने माग गरे ।

महानगरले वीरगंजबाट संचालित अनलाइनहरुकाे मूल्यांकन गरेर पत्र/पत्रिकाहरुलाई उपलब्ध गराउदै आएकाे सरह अनालाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउनु पर्ने उनिहरुकाे माग थियाे ।

यसका साथै अनलाइन मिडियामा काम गर्ने संचारकर्मीहरुकाे क्षमता अभिवृद्धिकाे लागि महानगरले प्रभावकारी ढंगलले कार्यक्रमकाे आयाेजना गर्नु पर्ने सुझाव दिएका थिए ।

जवाफमा वाेल्दै महानगरका मेयर सरावगीले अनलाइनमा काम गर्ने संचारकर्मीहरुकाे क्षमता अभिवृद्धिकाे लागि कार्यक्रम आयाेजना गर्न महानगर तयार रहेकाे वताए ।

उनले अहिले अनलाइनकाे महत्व बढदै गएका कारण व्यवस्थित र बिश्वासिलाे तरिकाले समाचार प्रकाशन गर्न आवशक रहेकाे धारणा राखेका थिए । त्यसकाे लागि क्षमता अभिवृद्धि  आवश्य रहेकाे उनकाे पनि भनाई थियाे ।

वीरगंज महानगरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले अनलाइनहरुलाई पनि एउटा मापदण्ड बनाएर विज्ञापन समेत उलपलब्ध गराइने आश्वासन दिए ।

छलफल बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा लगायत अनलाइन संचालक तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।

यस अघि महानगरले वीरगंजबाट संचालित पत्र/पत्रिकाका संचालक र एफएम रेडियाेका संचालकहरुसंग समेत छलफल गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...