वीरगंज । वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले वीरगंजका अनलाइन संचालकहरुसंग मंगलबार छलफल गरेका छन् ।
वीरगंजकाे विकासमा अनलाइन मिडियाहरुले कसरी सहयाेग तथा सहकार्य गर्न सक्ने उद्देश्यले वीरगंज महानगरपालिकाकाे सभा हलमा भएकाे छलफल बैठकमा अनलाइन संचालकहरु पत्र/पत्रिका जस्तै अनलाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउनु पर्ने माग गरे ।
महानगरले वीरगंजबाट संचालित अनलाइनहरुकाे मूल्यांकन गरेर पत्र/पत्रिकाहरुलाई उपलब्ध गराउदै आएकाे सरह अनालाइनहरुलाई पनि विज्ञापन उपलब्ध गराउनु पर्ने उनिहरुकाे माग थियाे ।
यसका साथै अनलाइन मिडियामा काम गर्ने संचारकर्मीहरुकाे क्षमता अभिवृद्धिकाे लागि महानगरले प्रभावकारी ढंगलले कार्यक्रमकाे आयाेजना गर्नु पर्ने सुझाव दिएका थिए ।
जवाफमा वाेल्दै महानगरका मेयर सरावगीले अनलाइनमा काम गर्ने संचारकर्मीहरुकाे क्षमता अभिवृद्धिकाे लागि कार्यक्रम आयाेजना गर्न महानगर तयार रहेकाे वताए ।
उनले अहिले अनलाइनकाे महत्व बढदै गएका कारण व्यवस्थित र बिश्वासिलाे तरिकाले समाचार प्रकाशन गर्न आवशक रहेकाे धारणा राखेका थिए । त्यसकाे लागि क्षमता अभिवृद्धि आवश्य रहेकाे उनकाे पनि भनाई थियाे ।
वीरगंज महानगरका प्रेस सल्लाहकार गाेबिन्द देवकाेटाले अनलाइनहरुलाई पनि एउटा मापदण्ड बनाएर विज्ञापन समेत उलपलब्ध गराइने आश्वासन दिए ।
छलफल बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा लगायत अनलाइन संचालक तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।
यस अघि महानगरले वीरगंजबाट संचालित पत्र/पत्रिकाका संचालक र एफएम रेडियाेका संचालकहरुसंग समेत छलफल गरेकाे थियाे ।