Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

लकडाउनमा पनि तिलावेमा घण्टाैं जाम, यात्रु सास्ती भाेग्न बाध्य

spot_img
spot_img

वीरगंज । लकडाउनमा पनि वीरगंज-पाेखरिया सडकखण्डमा पर्ने तिलावे पुलमा जाम लाग्ने गरेकाे छ ।

तिलावे पुलमा लाग्ने जामका कारण यात्रुहरुलाई सास्ती भाेग्नु परे पनि सम्बन्धि निकायकाे ध्यान पुग्न सकेकाे छैन् ।

पर्साकाे ग्रामिण भेगलाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे पुलमा हुने जामका कारण लामाे समय देखी यात्रुहरुलाई सास्ती भाेग्न बाध्य छन् । विशेष गरे विहान र सांझकाे समयमा घण्टाै जाम लाग्ने गरेकाे यात्रुहरुले वताएका छन् ।

नयाँ पुल निर्माणकाे लागि केही समय देखि बन्द रहेकाे पुल भख्र केही समय पहिला सुचारु भएकाे हाे । पुलकाे बाटाे बन्द गरी ठेक्दारले डाइभर्सन निर्माण गरी बाटाे सुचारु गरेकाे थियाे ।

त्याे डाइभर्सन पनि मनसुन सुरु भए पछि नदीमा पानीकाे वहाव बढेका कारण बगाएकाे छ । डाइभ्रसन भत्कन थाले पछि विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि ठेक्दारले पुन: बन्द रहेकाे पुल सुचारु गरेकाे थियाे ।

नयाँ पुल निर्माण गर्ने ठेक्दारकाे लापरवाहीका कारण लामाे समय देखी पर्सेली जनता दु:ख पाउन बाध्य छन् । तर पनि नयाँ पुल निर्माण हुन सकेकाे छैन् ।

२०७२ साल मै पप्पु तथा लुम्बिनी जे.भि. कन्स्ट्रक्सनले पुल निर्माण गर्न जिम्मा लिए पनि हाल सम्म हुन सकेकाे छैन् । ४ बर्षमा पनि यी कम्पनीहरुले पुल निर्माण गर्न नसकेपछि न्यू कान्तिपुर कन्सट्रक्सनलाई जिम्मा दिएकाे छ ।

न्यु कान्तिपुर कन्सट्रक्सनले पनि झारा टार्न जस्तै कुक्षुवाकाे तलामा काम गरेका कारण यात्रुहरुलाई सास्ती भाेग्नु परेकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...