Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सलमान खानले ‘बिग बोस’ को एक भागका लागि भारू १६ करोड लिने

spot_img
spot_img

बलिउड अभिनेता सलमान खानले ‘बिग बोस’ को १४ औं सिजनका लागि आफ्नो पारिश्रमिक बढाउने भएका छन्।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार बिग बोसको नयाँ सिजनको तयारी भइरहेको छ। कार्यक्रम होस्टका रूपमा देखिने सलमानले यसपालि आफ्नो पारिश्रमिक बढाएको खबर आइरहेका छन्।

‘सलमान खानले अब बिग बोसको एक भागका लागि १६ करोड भारू पारिश्रमिक लिने कुरा छ,’ एनडिटिभीले लेखेको छ, ‘बिग बोस १३ का लागि उनले १२ देखि १४ करोड भारू लिएका थिए। यसै पनि सलमानले हरेक सिजनमा आफ्नो पारिश्रमिक बढाउँदै आएका छन्।’

योबाहेक सलमान खान यति बेला आफ्नो नयाँ फिल्मको पनि तयारीमा छन्।

‘राधे: योर मस्ट वान्टेड हिरो’ नामक यो फिल्ममा उनका साथमा अभिनेत्री दिशा पटानी र अभिनेता रणदीप हुड्डा पनि मुख्य भूमिकामा देखिनेछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...