Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

इन्भेष्टमेन्ट बैंकले फिर्ता मागेकाे ज्याकेट फिर्ता गर्नु पर्दैन्

spot_img
spot_img

वीरगंज । नेपाल इन्भेस्टमेन्ट बैंक लि. वीरगंजले पत्रकारहरुको गरिमामाथि खेलवाड गरेकाे छ । बैंकले आफ्नो २६ औ वार्षिकोत्सबको अवसर पारेर शुक्रबार वीरगंजका केही पत्रकारहरुलाई निमन्त्रणा गरेर फोटो पत्रकार महासंघ लेखिएको ज्याकेट वितरण गरेकाे थियाे ।

बैंकले पछि सो ज्याकेटहरु फिर्ता पाउँ भनि वितरण गरेका पत्रकारहरुलाई एस.एम.एस. गरेपछि आफुहरुकाे अपमान भएकाे वताएका छन् ।

बैंकका प्रबन्धक रोशन भक्त श्रेष्ठले वीरगंजका केही पत्रकारहरुलाई एस.एम.एस मार्फत नै निमन्त्रणा गरेका बाेलाएर ज्याकेट समितकाे सामग्री वितरण गरेका थिए । फाेटाे पत्रकार लेखेकाे ज्याकेट फाेटाे पत्रकार महासंघकाे समन्वय बेगर नै वितरण गरेका कारण बिराेध भए पछि साे ज्याकेट फिर्ता गर्न एस‌‍‍‍‍.एम.एस. गरेपछि बैंककाे आलाेचना समेत भइरहेकाे छ ।

बैंककाे लज्जास्पद काम गर्नुले वीरगंजका पत्रकारहरु आक्रोसित देखिएका छन् । बैंकले नेपाल पत्रकार महासंघकाे समन्वयमा वीरगंजका प्रत्येक संचार माध्यमबाट एक/एक जनालाई कमसेकम बाेलाएर सामग्री वितरण गर्नु पर्नेमा त्यस्ताे नगरेका कारण पनि पत्रकारहरु आक्राेसित देखिएका हुन् ।

फाेटाे पत्रकार लेखेकाे ज्याकेट फाेटाे पत्रकार महासंघकाे समन्वयमा वितरण गर्नु पर्नेमा त्यस्ताे पनि नगरेका कारण बैंककाे लपारवाही देखिएकाे छ ।

बैंकले वीरगंजका ४० जना पत्रकारहरुलाई प्रेस ज्याकेट, माक्स, सेनिटाइजर र कलेन्डर वितरण गरेकाे थियाे ।

बैंकका प्रबन्धक श्रेष्ठसंग तपाईहरुले वितरण गरेकाे ज्याकेट फिर्ता माग्नु भएकाे साेध्दा अब नगर्नु पर्ने वताए । केही समस्या थियाे त्यही भएर हामी भनेका थियाैं, अब पर्दैन् उनले भने ।

नेपाल पत्रकार महासंघकाे समन्वय बेगर नै तपाईहरु सामग्री वितरण गर्नु भएकाे भनेर साेध्दा बैंक मै आएर कुरा गर्नु न उनकाे जवाफ थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...