Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज १४ पिपरामा ढलान सडकमाथी ढलान हुदै, कंची सडक बनेन : स्थानिय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा ढलान सडकमाथी ढलान भए पनि कंची सडक नबनेकाे सथानियहरुले गुनासाे गरेका छन् ।

वडा अन्तर्गतकाे ठूलाे पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीकाे घर हुदै देव कुमार साहकाे घर सम्मकाे कच्ची बाटाे लामाे समय देखी खराब हुदा बन्न नसके पनि ढलान सडकमाथी ढलान कार्य भइरहेकाे छ ।

स्थानियहरुका अनुसार साेही ठाउँमा शिवनाथ साहकाे घरदेखी सन्जय साहकाे घर हुदै रेणुका पेट्राैल पम्पस्थित बाइपास सडक सम्म ढलान पक्की सडकमाथी पुन: ढलान कार्य भइरहेकाे छ ।

वडाध्यक्ष भरत राउत कुर्मीसंग बिग्रेकाे सडक निर्माण गरिदिन बारम्बर माैखिक आग्रह गर्दा पनि निर्माण हुन नसकेकाे स्थानिय रन्जित प्रसाद पटेलले गुनासाे गरे ।

उनले संचारकर्मीहरुसंग कुरा गर्दै वडाध्यक्ष कुर्मीकाे साथै संघिय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारीसंग पनि बिग्रेकाे सडक बनाइदिन आग्रह गर्दा पनि उहाँहरुले पनि आश्वासन मात्र दिएर जाने गरेकाे दु:खेसाे पाेखे ।

सडक बिग्रेका कारण बर्षातकाे समयमा आवतजावत गर्न पनि ग्राहाे हुने गरेकाे अर्का स्थानिय बिनेश प्रसाद कुर्मीले वताए । संचारकर्मीहरुलाई बिग्रेकाे सडक देखाउदै सडक निर्माणकाे लागि याेजना संकलन भए पनि निर्माण हुन नसकेकाे कारण बुझ्न नसकेकाे वताए ।

यस बिषयमा वडाध्यक्ष कुर्मीसंग बुझ्न फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...