Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंज १४ पिपरामा ढलान सडकमाथी ढलान हुदै, कंची सडक बनेन : स्थानिय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा ढलान सडकमाथी ढलान भए पनि कंची सडक नबनेकाे सथानियहरुले गुनासाे गरेका छन् ।

वडा अन्तर्गतकाे ठूलाे पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीकाे घर हुदै देव कुमार साहकाे घर सम्मकाे कच्ची बाटाे लामाे समय देखी खराब हुदा बन्न नसके पनि ढलान सडकमाथी ढलान कार्य भइरहेकाे छ ।

स्थानियहरुका अनुसार साेही ठाउँमा शिवनाथ साहकाे घरदेखी सन्जय साहकाे घर हुदै रेणुका पेट्राैल पम्पस्थित बाइपास सडक सम्म ढलान पक्की सडकमाथी पुन: ढलान कार्य भइरहेकाे छ ।

वडाध्यक्ष भरत राउत कुर्मीसंग बिग्रेकाे सडक निर्माण गरिदिन बारम्बर माैखिक आग्रह गर्दा पनि निर्माण हुन नसकेकाे स्थानिय रन्जित प्रसाद पटेलले गुनासाे गरे ।

उनले संचारकर्मीहरुसंग कुरा गर्दै वडाध्यक्ष कुर्मीकाे साथै संघिय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारीसंग पनि बिग्रेकाे सडक बनाइदिन आग्रह गर्दा पनि उहाँहरुले पनि आश्वासन मात्र दिएर जाने गरेकाे दु:खेसाे पाेखे ।

सडक बिग्रेका कारण बर्षातकाे समयमा आवतजावत गर्न पनि ग्राहाे हुने गरेकाे अर्का स्थानिय बिनेश प्रसाद कुर्मीले वताए । संचारकर्मीहरुलाई बिग्रेकाे सडक देखाउदै सडक निर्माणकाे लागि याेजना संकलन भए पनि निर्माण हुन नसकेकाे कारण बुझ्न नसकेकाे वताए ।

यस बिषयमा वडाध्यक्ष कुर्मीसंग बुझ्न फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...