Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

सन्जु साहद्वारा आयाेजित कार्यक्रममा ७९ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ नाैतन बहुअरीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

गाउँ कार्यपालिका सदस्य सन्जु साहकाे आयाेजनामा भएकाे कार्यक्रममा ५ महिलासहित ७९ जनाले रक्तदान गरेका छन् ।

श्री रामजानकी मन्दिरकाे प्राङ्गणमा भएकाे कार्यक्रममा सीता देवी, नेहा कुमारी गीरी,चन्दन कुमार साह, सुमति कुमार, शम्भु प्रसाद कानु, राहुल शिवास्तव, त्रिलोक प्रताप सिंह, मनोज साह, निरज साह, राहुल गुप्ता, इन्द्र प्रसाद साह, जयराम दास, जितेन्द्र साह, मुकुन्द प्रसाद काफले, राजकिशोर कुशवाहा, सुनिल कुमार पटेल, नवलकिशोर गुप्ता, महेश कर्ण लगायतकाले रक्तदान गरेका थिए ।

रक्दान कार्यक्रम उद्घाटन प्रदेश २ का भाैतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र साेनलले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री साेनलले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाइदा हुने वताए ।

रक्तदान कार्यक्रम संस्थाले मात्र नभई व्यक्तिले आयाेजना पनि गर्न सक्ने कार्यक्रमकाे आयाेजना गरी सन्जु उदाहरण बन्नु भएकाे उनकाे भनाई थियाे ।

आयाेजक संजु साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बार एसाेसियशनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद साह, जनता समाजवादी पार्टीका नेता सिताराम प्रसाद गुप्ता, प्रसाैनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बैजु गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन अनिल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...