Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

सन्जु साहद्वारा आयाेजित कार्यक्रममा ७९ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ नाैतन बहुअरीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

गाउँ कार्यपालिका सदस्य सन्जु साहकाे आयाेजनामा भएकाे कार्यक्रममा ५ महिलासहित ७९ जनाले रक्तदान गरेका छन् ।

श्री रामजानकी मन्दिरकाे प्राङ्गणमा भएकाे कार्यक्रममा सीता देवी, नेहा कुमारी गीरी,चन्दन कुमार साह, सुमति कुमार, शम्भु प्रसाद कानु, राहुल शिवास्तव, त्रिलोक प्रताप सिंह, मनोज साह, निरज साह, राहुल गुप्ता, इन्द्र प्रसाद साह, जयराम दास, जितेन्द्र साह, मुकुन्द प्रसाद काफले, राजकिशोर कुशवाहा, सुनिल कुमार पटेल, नवलकिशोर गुप्ता, महेश कर्ण लगायतकाले रक्तदान गरेका थिए ।

रक्दान कार्यक्रम उद्घाटन प्रदेश २ का भाैतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र साेनलले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री साेनलले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाइदा हुने वताए ।

रक्तदान कार्यक्रम संस्थाले मात्र नभई व्यक्तिले आयाेजना पनि गर्न सक्ने कार्यक्रमकाे आयाेजना गरी सन्जु उदाहरण बन्नु भएकाे उनकाे भनाई थियाे ।

आयाेजक संजु साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बार एसाेसियशनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण प्रसाद साह, जनता समाजवादी पार्टीका नेता सिताराम प्रसाद गुप्ता, प्रसाैनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बैजु गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन अनिल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...