Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अक्षयसँग बाणी ‘बेलबटम’मा देखिने पक्का

spot_img
spot_img

चलचित्र ‘वार’मा काम गरेपनि खासै चर्चामा नआएकी नायिका वाणी कपुरले अब नयाँ चलचित्रमा नायक अक्षय कुमारसँग पर्दा शेयर गर्ने भएकी छिन् ।

उनी, अब नयाँ चलचित्र ‘बेलबटम’मा देखिने पक्का भएको छ । वाणीले नायक अक्षय कुमारसँग पर्दा शेयर गर्न लागेको पहिलो पटक हो ।

ज्याकी भगनानी र वासु भगनानीको निर्माणमा यो चलचित्र बन्दैछ । चलचित्रलाई रञ्जित एम तिवारीले निर्देशन गर्दैछन् । ८० को दशकको सेट बनाएर चलचित्रको छायांकन गरिनेछ ।

निर्माण ज्याकी भगनानीले वाणीको अभिनय आफूलाई मनपर्ने भएकाले पनि नायिकाको रुपमा उनलाई छनोट गरेको भारतीय मिडियासँग बताएका छन् ।

जासुसको कथामा तयार हुन लागेको चलचित्रलाई थ्रिलर शैलीमा प्रस्तुत गरिनेछ । निर्माणपक्षले वाणीको भूमिकाले दर्शक उत्साहित हुने बताएकी छिन् । चलचित्रमा आफ्नो भूमिकालाई लिएर वाणी उत्साहित छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...