Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

जगरनाथपुरमा ग्यास लिक भएर आगलागी हुदा एककाे मृत्यु, दुई घाइते

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसकाे पाइप लिक भएर आगलागी हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

स्थानिय गनेश साह कानुकाे घरमा ग्यास लिक भएर भएकाे आगलगागीमा ७५ वर्षीया शारदा देवी कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आगलमीमा गनेशका छाेरा २२ बर्षिय उमेश साह र बुहारी २० बर्षिय मनिता देवी घाइते समेत भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

बुधवार राति खाना पकाउने क्रममा ग्याँसकाे पाइप लिक भएर गनेशकाे पक्की घरमा आगलागी भएको थियाे । खाना पकाउने ठाउँमा राखिएकाे पेट्राेलमा आगाे सल्केर भएकाे आगलागीमा परी तीन जना घाइते भएका थिए । घाइते मध्येका शारदाकाे उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको हो ।

बृद्ध मृतक शारदा गनेशकाे घरमा गएकाे बेला आगलागी हुदा भाग्न नसकेर गम्भिर घाइते भएकी थिइन । अन्य घाइते कपडा खाेलेर भागन सफल भएपछि उनीहरु ज्यान बचाउन सफल भएकाे स्थानियहरुले वताएका छन् ।

मृतक शारदाकाे वीरगंजस्थित नारायणी अस्पतालममा शव परिक्षण भएपछि बिहिबार सांझ नै दाहसंस्कार गरिएकाे हाे ।

घाइतेहरूको सीमावर्ती भारतको इनर्वास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

आगलागीमा परी लत्ताकपडा, फर्निचर, अन्न गरी दुई लाख रुपैयाँभन्दा बढीको धनमाल पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...