Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

मामाकाे बिहे कै दिन खाल्डाेमा डुबेर भान्जाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठामा खाल्डाेमा डुबेर एक बालककाे मृत्यु भएकाे छ ।

मामा घर आएका भारत बिहार पश्चिमी चम्पारण सिकटा थाना लालपर्साका अजाद गद्दीका ४ बर्षिय छाेरा खुस्रेद गद्दीकाे खाल्डाेमा डुबेेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मामाकाे बिहेमा सहभागि हुन आएका बालककाे जन्ती कै दिन खाल्डाेमा डुबेर मृत्यु भएकाे हाे ।

हाल शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाउन मुचुलका उठाउने कार्य भइरहेकाे छ ।

स्थानियहरुका अनुसार प्रसाैनी भाठास्थित असलम गद्दीकाे घर मामाकाे बिहेमा सहभागि हुन मृतक बालक आएका थिए । मामा खुसमहमद गद्दीकाे जन्ती निस्कन तयारी भइरहेकाे थियाे । बेहुलालाई नुहाउने कार्य भइरेहेकाे बेला घर बाहिर निस्केका बालककाे चापाकाे कलकाे पानी निकासकाे लागि खनिएकाे खाल्डाेमा डुबेकाे मृत्यु हुन पुग्याे ।

बालककाे मृत्यु भएपछि जयन्ती निस्कन लागेकाे बिहे पनि स्थगित भएकाे छ । बालकाे मृत्यु भएपछि पर्सा कै जगरनाथपुर गाउँपालिकाकाे खुलचडी जान्न लागेकाे जन्ती स्थगित भएकाे स्थानिय कलसरिफ गदीले वताए ।

जन्ती जान लागेकाे बेहुला कै भान्जाकाे मृत्यु भएपछि शाेकाकुल परिवार भएकाेले बिहे स्थगित भएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...