Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

मामाकाे बिहे कै दिन खाल्डाेमा डुबेर भान्जाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसाैनी भाठामा खाल्डाेमा डुबेर एक बालककाे मृत्यु भएकाे छ ।

मामा घर आएका भारत बिहार पश्चिमी चम्पारण सिकटा थाना लालपर्साका अजाद गद्दीका ४ बर्षिय छाेरा खुस्रेद गद्दीकाे खाल्डाेमा डुबेेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मामाकाे बिहेमा सहभागि हुन आएका बालककाे जन्ती कै दिन खाल्डाेमा डुबेर मृत्यु भएकाे हाे ।

हाल शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाउन मुचुलका उठाउने कार्य भइरहेकाे छ ।

स्थानियहरुका अनुसार प्रसाैनी भाठास्थित असलम गद्दीकाे घर मामाकाे बिहेमा सहभागि हुन मृतक बालक आएका थिए । मामा खुसमहमद गद्दीकाे जन्ती निस्कन तयारी भइरहेकाे थियाे । बेहुलालाई नुहाउने कार्य भइरेहेकाे बेला घर बाहिर निस्केका बालककाे चापाकाे कलकाे पानी निकासकाे लागि खनिएकाे खाल्डाेमा डुबेकाे मृत्यु हुन पुग्याे ।

बालककाे मृत्यु भएपछि जयन्ती निस्कन लागेकाे बिहे पनि स्थगित भएकाे छ । बालकाे मृत्यु भएपछि पर्सा कै जगरनाथपुर गाउँपालिकाकाे खुलचडी जान्न लागेकाे जन्ती स्थगित भएकाे स्थानिय कलसरिफ गदीले वताए ।

जन्ती जान लागेकाे बेहुला कै भान्जाकाे मृत्यु भएपछि शाेकाकुल परिवार भएकाेले बिहे स्थगित भएकाे उनले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...