Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा जिल्ला स्तरिय रंगशाला निर्माण हुदै

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा वडा नं. ४ जगरनाथपुरमा जिल्ला स्तरिय रंगशाला निर्माण भइरहेकाे छ । गाउँपालिकाबाट संघ सरकारकाे युवा तथा खेलकुद मन्त्रालयकाे रु ५० लाखकाे लागतमा रंगशाला निर्माण भइरहेकाे गाउँपालिका अध्यक्ष जालिम मियाँले वताए ।

५ विगहा क्षेत्रफल भएकाे सार्वजनिक जग्गामा निर्माण भइरहेकाे रंगशालाकाे ८० प्रतिशत जति काम सम्पन्न भइसकेकाे अध्यक्ष मियाँले जानकारी गराए ।

उपभाेक्ता समिति मार्फत निर्माण भइरहेकाे रंगशाला आर्थिक बर्ष २०७६/०७७ मा यस बर्षकाे बजेट अन्तर्गत हुने सम्पूर्ण काम सम्पन्न हुने उनले जनाए । रंगशाला निर्माणबाट यस क्षेत्रकाे युवा तथा खेलकुदकाे विकासमा सहयाेग पुग्ने मियाँले वताए ।

उनले भने “रंगशाला निर्माणकाे लागि ५० लाखकाे याेजना अन्तर्गत गर्नु पर्ने सम्पूर्ण काम करिब सम्पन्न भएकाे छ, मात्र रंगशालाकाे प्यारा फिट निर्माण गर्न बाकी रहेकाे छ । त्याे पनि चांडै नै सम्पन्न हुनेछ ।”

वीरगंजकाे नारायणी रंगशाला  जस्तै रंगशालाकाे निर्माण कार्य भइरहेकाे अध्यक्ष मियाँकाे भनाई छ ।

रंगशालाकाे थप काम गर्नकाे लागि अगामी आर्थिक बर्षमा पनि थप रकम मन्त्रालयले पठाउने आश्वासन दिएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए ।

निर्माण भइरहेकाे रंगशालामा फुटबल, क्रिकेट, लगायतकाे खेलहरु हुन सक्ने उनले जनाए ।

पर्सामा वीरगंजस्थित नारायणी रंगशाला पछिकाे दाेस्राे रंगशालाकाे रुपमा जगरनाथपुरमा निर्माण भइरहेकाे देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...