वीरगंज । राेटरी क्लबले वीरगंजस्थित नारायणी अस्पताललाई पिपिई सेटसहितकाे स्वास्थ्य सुरक्षा सामग्री साेमबार सहयाेग गरेकाे छ ।
राेटरी क्लब वीरगंज र राेटरी क्लब अफ मेट्राेपाेलिस वीरगंजले संयुक्त रुपमा स्वास्थ्कर्मीहरुकाे लागि स्वास्थ्य सुरक्षा समाग्री सहयाेग गरेकाे नारायणी बिशेष काेराेना अस्पताल गण्डकका संयाेजक डा. उद्यनारायण सिंहले वताए ।
क्लबले पिपिइ सेट २० पिस, गगल २० पिस, गल्भस २० पिस, मास्क २० पिस र फेस लिड २० पिस सहयाे गरेकाे डा. सिंहले जानकारी गराए ।
अस्पताल मै पुगी राेटरी क्लब वीरगंजका अध्यक्ष डा. आनन्द कुमार झा, राेटरी क्लब अफ मेट्राेपाेलिसका सचिव अनिल जयसवाल, नन्दन चाैरसिया लगायतकाकाले संयाेजक डा. सिंहले सामग्री हस्तान्तरण गरेका थिए ।
काेराेना संक्रमितकाे उपचारकाे लागि आइसाेलेसमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुकाे लागि स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गरिएकाे राेटरी क्लब वीरगंजका अध्यक्ष डा. झाले वताए ।