Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

क्वारेन्टाइनमा रहेकाहरुलाई योग अभ्यास प्रशिक्षण

spot_img
spot_img

वीरगंज । पोखरीया नगरपालिकाको आयुर्वेद शाखाले पोखरीयाको श्री जिल्ला उचाँगल रामदेव उच्च माविकाे क्वारेन्टाइनमा रहेका २६ जनालाई योग अभ्यास प्रशिक्षण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरिएको छ।

काेभिड १९ कोरोनाको रोकथामको लागि क्वारेन्टाइनमा रहेका व्यक्तिमा मानसिक तनाब तथा शारीरिक अस्वस्थता सिर्जना हुने सम्भावना रहेकोले उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा तन्दुरुस्ती राख्न योग तथा ध्यान अति जरुरी हुने तथा कोरोनाकाे संभावित संक्रमणलाई रोक्न रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिले विशेष भूमिका खेल्ने आयुर्वेद संयोजक डा रवीन्द्र कुमार यादवले जानकारी दिनु भयो।

कार्यक्रममा योग तथा ध्यानको प्रशिक्षण योग प्रशिक्षक धीरेन्द्र सिंहले दिनु भएको थियो । आयुर्वेद औषधिमा शक्ति प्राश, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, इम्युन केयर वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...