Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नागरिकता विधेयककाे बिरुद्धमा नेपाली कांग्रेसद्वारा गाउँ गाउँमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नागरिकता विधेयककाे विरुद्धमा नेपाली कांग्रेसले पर्साकाे विभिन्न गाउँपालिकामा प्रदर्शन गरेकाे छ ।

पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतकाे विभिन्न गाउँपालिकामा नेपालिका कांग्रेसले छुट्टा छुट्टै माेटरसाइकल र्‍याली प्रदर्शन गर्नुकाे साथै काेण सभा समेत गरेकाे हाे ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. १ रबिदासबाट निस्केकाे माेटरसाइकल र्‍याली टिनडाेबिया, भेडिहारी, प्रशुरामपुर, बिरन्चीबर्वा, हरिहरपुर हुदै पुरै गाउँपालिकाकाे परिक्रममा गर्दै मुडलीमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा बाेल्ने वक्ताहरुले कम्युनिष्ट सरकारद्वारा जारी नागरिकता बिधेयक खारेज गर्न माग गरे । सरकारले ७ बर्ष पछि मात्र बिदेशी बुहारीलाई नागरिकता दिने विधेयक ल्याएर सदियाे देखीकाे भारत र नेपाल बिचकाे राेटी बेटीकाे सम्बन्ध बिग्रान खाेजेकाे उनीहरुकाे आराेप थियाे ।

र्‍यालीमा सहभागिहरुले नागरिकता विधेयक खारेज गर, भ्रष्ट सरकार मुर्दाबाद, नेपाली कांग्रेस जिन्दावाद लगायतकाे नारा समेत लगाएका थिए ।

गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मीकाे नेतृत्वमा निस्केकाे बिराेध र्‍यालीमा नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य पंजानन्द मिश्रा, गाउँपालिका सह संयाेजक छठु साह, वडाध्यक्ष रामशिष यादव लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे ।

यस्तै छिपहरमाई गाउँपालिकाकाे जयमंगलापुरबाट निस्केकाे बिराेध र्‍याली टिहुकी, बुडगाई, चरगाहा, तुलसी बर्वा, बन्जारी हुदै गाउँपालिकाकाे परिक्रममा गर्दै भिस्वामा पुगेर काेण सभामा परिणत भएकाे थियाे ।

भिस्वामा भएकाे काेण सभामा वाेल्ने वक्ताहरुले सरकारले ल्याएकाे नागरिकता बिधेयककाे बिरुद्धमा आक्राेस पाेख्दै खारेज गर्न माग गरे । कम्युनिष्ट सरकारले ७ बर्षमा अंगकृत नागरिकता दिने बिधेयक ल्याएर देशमा द्वन्ध निमत्याउन खाेजेकाे वक्ताहरुकाे भनाई थियाे ।

झुठाे राष्ट्रबादकाे नारामा कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त रहेकाे उनीहरुकाे आराेप समेत थियाे ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नविन सिंहकाे नेतृत्वमा भएकाे बिराेधकाे कार्यक्रममा नेपाली कांग्रेका पर्साका सचिव किशाेरी साह, गाउँपालिका संयाेजक धुरेन्द्र प्रसाद कानु, नेता गगनदेव यादव, मनिकान्त गुप्ता, सुरेन्द्र प्रसाद यादव, दिपेन्द्र कुमार सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै धोबिनी गाउँपालिकामा पनि नेपाली कांग्रेसकाे बिराेध प्रदर्शन कार्यक्रम सम्पन्न भएकाे छ । नागरिकता विधेयककाे विरुद्ध निस्केकाे माेटरसाइकल र्‍याली गाउँपालिका अन्तर्गतकाे गाउँहरुकाे परिक्रमा गर्दै लंगडीमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

 

बिराेध कार्यक्रममा माहा समिती सदस्य बशिष्ट नारायण कुर्मी, क्षेत्रीय सचीव बलिष्टर अह्मद, गाउँपालिका अध्यक्ष सुरेश प्रसद कुर्मी, वडाध्यक्ष मजिद मिया, रजकिशाेर प्रसाद कुर्मी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

यस्तै जगरनाथपुर र जिराभवानी गाउँपालिकामा पनि नागरिकता विधेयककाे बिराेधमा नेपाली कांग्रेसकाे माेटरसाइकल र्‍याली सम्पन्न भएकाे भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...