20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नेवि संघद्वारा क्याम्पस प्रमुखकाे कार्य कक्षमा ताला बन्दी

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार ठाकुर राम बहुमुखी क्याम्पस प्रमुखकाे कार्य कक्षमा ताल बन्दी गरेकाे छ ।

क्याम्पस प्रमुख राजदेव कुशवाहाले एकलौटी रूपमा निर्णय गर्ने, सहायक क्यामप्स प्रमुखलाई हटाएकाे र अहिले सम्म छात्र वृति वितरण नभएकाे विरुद्धमा तालाबन्दी गरिएकाे नवि संघ पर्साका नेता शेष हजाराले वताए ।

यसका साथै क्याम्पसकाे नयाँ भवन छिटो भन्दा छिटो सुचारू गर्नु, ग्रल हाेस्टलमा भत्केकाे पर्खाल निर्माण गर्न, दलित क्षत्रावास छिटो भन्दा छिटाे तयार गर्न लगायतकाे माग गर्दै तालाबन्दी गरिएकाे उनले जनाए ।

हजराकाे नेतृत्वमा विद्यार्थी नेता बिटु पटेल, प्रिन्स तिवारी, अनिल पटेल, भाेला पटेल, मनि महताे, अभिशेख कानु, युशुफ अहमद, जेपी ठाकुर, बाल गाेपाल यादव, राेशन साह लगायतकाले ताला बन्दी गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.325 sec. Memory consumption:81.46 mb