वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा बिहिबार दुई पक्ष बिच झडप भएकाे छ । बुधबार सांझ भिस्वामा भएकाे प्रदर्शनकाे बिषयलाई लिएर वडाध्यक्ष माैजिलाल साह कानु र रंजित साह पक्ष बिच झडप भएकाे प्रहरीले जनाएकाे छ ।
झडपमा मौजिलाल पक्षकाे उदय साह, बिकी साह, दिपक साह, बिर्जभुसन साह र रंजित साह पक्षकाे बिटु साह, अजित साह, अजय साह, बिरेन्दर साह, बलिराम साह घाइते भएका छन् ।
घाइतेहरुकाे वीरगंजस्थित नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।
बुधबार सशस्त्र प्रहरीले घाइते मध्येका बिरेन्द्र साहका छाेरा अजय साह सहितका २ युवकलाई कुटपिट गरेकाे थियाे । साेही कुटपिटकाे विरुद्धमा स्थानिय युवाहरु बुधबार सांझ नै टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकाे क्रममा युवाहरु गाउँपालिका अध्यक्ष मनाेज गुप्ता मुर्दाबादकाे नारा पनि लगाएका थिए ।
साेही बिषयलाई लिएर वडाध्यक्ष माैजिलाल पक्ष र प्रदर्शन गर्ने युवाहरु बिच बुधबार सांझ पनि विवाद भएकाे थियाे । वडाध्यक्ष पक्षले जनप्रतिनिधि विरुद्ध किन नारा लगाएकाे भन्दै विवाद गरेका थिए । तर साे समय विवाद सुल्झे पनि बिहिबार विहान साेही बिषयलाई लिएर रंजित साह र बिरेन्द्र साह बाटाे भएर गइरहेकाे अवस्थामा माैजिलाल पक्षले आक्रमण गर्दा झडप भएकाे स्थानियहरुले वताएका छन् ।