Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढीकाे चाैथाे नगर सभा सम्पन्न, ६२ कराेड ११ लाखकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे चाैथाे नगर सभा सम्पन्न भएकाे छ । नगर सभाबाट पारित अगामी आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम बुधबार एक कार्यक्रमकाे बिच प्रस्तुत गरिएकाे छ ।

नगर प्रमुख लाेकनारायण यादवले अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले आ.व. २०७७/०७८ काे लागि संघिय सरकारकाे वित्तिय समानिकरण अनुदान रु १२ कराेड ४४ लाख, राजश्व बांडफाडबाट रु ८ कराेड ०८ लाख १४ हजार, शर्सत अनुदान तर्फ रु १६ कराेड ३२ लाख, प्रदेश सरकारकाे वित्तिय समानिकरण अनुदान रु ७३ लाख ७० हजार, शर्सत अनुदान रु ८० लाख, बिशेष अनुदान रु ३० लाख, समपुरक अनुदान रु २० लाख, सवारी साधन कर बाँडफाड रु ६२ लाख ९५  हजार, समाजिक सुरक्षा तर्फ ७ कराेड ८१ लाख, बहुक्षेत्रिय पाेषण कार्यक्रम तर्फ रु १५ लाख ७० हजार, सडक बाेर्ड तर्फ रु ४० लाख, यूनिसेफ अनुदान रु ४५ लाख, पर्सागढी नपाकाे आन्तरिक आयकाे रु एक कराेड २९ लाख एक हजार, गत बर्षकाे माैज्दात अनुमान रु १२ कराेड ५० लाख गरी जम्मा रु ६२ कराेड ११ लाख ५० हजार कुल बजेट बिनियाेजित भएको वताए ।

नगरपालिकाकाे कुल आय मध्ये प्रशासनिक खर्च तर्फ रु ९ कराेड ३० लाख, विभिन्न निर्धारित तथा स्विकृत याेजना/कार्यक्रमकाे लागि रु २५ कराेड १३ लाख ७० हजार, आर्थिक तथा समाजिक बिकास तर्फ रु ३ कराेड ५० लाख, भाैतिक पूर्वधार बिकास तर्फ रु ६ कराेड ५० लाख, जस मध्ये विनियाेजन गरेकाे प्रमुुुख यादवले जनाए ।

उनले भाैतिक पूर्वधार तर्फकाे विनियाेजित बजेट मध्ये वडागत याेजना/कार्यक्रमकाे रु ५ कराेड ९० लाख, त्यसै गरी विगतका नगर स्तरिय याेजना तथा वडा स्तरिय याेजनाकाे लागि रु १२ कराेड ५० लाख खर्चकाे व्यवस्था गरिएको जानकारी गराए।

वडा नं. २ काे वडा कार्यालयमा भएकाे निति तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रममा उप प्रमुख अर्चना चौधरी, प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र नगर सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...