Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीकाे चाैथाे नगर सभा सम्पन्न, ६२ कराेड ११ लाखकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकाकाे चाैथाे नगर सभा सम्पन्न भएकाे छ । नगर सभाबाट पारित अगामी आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम बुधबार एक कार्यक्रमकाे बिच प्रस्तुत गरिएकाे छ ।

नगर प्रमुख लाेकनारायण यादवले अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले आ.व. २०७७/०७८ काे लागि संघिय सरकारकाे वित्तिय समानिकरण अनुदान रु १२ कराेड ४४ लाख, राजश्व बांडफाडबाट रु ८ कराेड ०८ लाख १४ हजार, शर्सत अनुदान तर्फ रु १६ कराेड ३२ लाख, प्रदेश सरकारकाे वित्तिय समानिकरण अनुदान रु ७३ लाख ७० हजार, शर्सत अनुदान रु ८० लाख, बिशेष अनुदान रु ३० लाख, समपुरक अनुदान रु २० लाख, सवारी साधन कर बाँडफाड रु ६२ लाख ९५  हजार, समाजिक सुरक्षा तर्फ ७ कराेड ८१ लाख, बहुक्षेत्रिय पाेषण कार्यक्रम तर्फ रु १५ लाख ७० हजार, सडक बाेर्ड तर्फ रु ४० लाख, यूनिसेफ अनुदान रु ४५ लाख, पर्सागढी नपाकाे आन्तरिक आयकाे रु एक कराेड २९ लाख एक हजार, गत बर्षकाे माैज्दात अनुमान रु १२ कराेड ५० लाख गरी जम्मा रु ६२ कराेड ११ लाख ५० हजार कुल बजेट बिनियाेजित भएको वताए ।

नगरपालिकाकाे कुल आय मध्ये प्रशासनिक खर्च तर्फ रु ९ कराेड ३० लाख, विभिन्न निर्धारित तथा स्विकृत याेजना/कार्यक्रमकाे लागि रु २५ कराेड १३ लाख ७० हजार, आर्थिक तथा समाजिक बिकास तर्फ रु ३ कराेड ५० लाख, भाैतिक पूर्वधार बिकास तर्फ रु ६ कराेड ५० लाख, जस मध्ये विनियाेजन गरेकाे प्रमुुुख यादवले जनाए ।

उनले भाैतिक पूर्वधार तर्फकाे विनियाेजित बजेट मध्ये वडागत याेजना/कार्यक्रमकाे रु ५ कराेड ९० लाख, त्यसै गरी विगतका नगर स्तरिय याेजना तथा वडा स्तरिय याेजनाकाे लागि रु १२ कराेड ५० लाख खर्चकाे व्यवस्था गरिएको जानकारी गराए।

वडा नं. २ काे वडा कार्यालयमा भएकाे निति तथा कार्यक्रम प्रस्तुतिकरण कार्यक्रममा उप प्रमुख अर्चना चौधरी, प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकाल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र नगर सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...