Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कुटपिट गर्ने सशस्त्र प्रहरीविरुद्ध भिस्वामा टायर बालेर प्रदर्शन

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा बजारमा आज स्थानियहरुले सशस्त्र प्रहरी विरुद्ध टायर बालेेर प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरी बेस क्याम्प भिस्वा बंजारीको ज्याददतीकाे विरुद्धमा उनीहरु प्रदर्शन गरेका हुन् ।

स्थानिय २ जना युवाहरुलाई विना कारण निर्घात कुटपिट गरे पछि स्थानियहरु ढंगामुडा गर्दै प्रतिकारमा उत्रेका थिए । सशस्त्र प्रहरीका आधा दर्जन भन्दा बढी रहेका जवानहरुले गाडी रोकी भिस्वा निवासी अजय साह र जहागिर मियालाई कुटपीट गरे पछि स्थानियहरु प्रतिकारमा उत्रे पछि केही बेर तनाव समेत भएकाे थियाे ।

स्थानियहरु भिस्वा चाेकमा जम्मा भई प्रतिकारमा उत्रेपछि सशस्त्र प्रहरीहरुले गाडीमा चढी भागेको स्थानियहरु बताएका छन् ।

सशस्त्र प्रहरीले दिनप्रतिदिन स्थानियहरुलाई दु:ख दिने, बिना कारण धाकधम्की दिने र आफुहरु जे गरे पनि ठिक मानसाय बोकेका ;शस्त्र प्रहरीको रवैया दिनहु बढदै गएका कारण स्थानियहरु टायरबाली प्रदर्शनमा उत्रन बाध्य भएको स्थानियहरुकाे भनाई छ ।

स्थानियहरुका अनुसार सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीकाे आदेशमा तस्करलाई छुट र जनतालाई दु:ख दिने काम सशस्त्र प्रहरीले गरिरहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...