Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पाेखरिया नपाकाे अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत

spot_img
spot_img

वीरगंज । पाेखरिया नगरपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ । नगर सभाद्वारा पारित कुल रु ४१ कराेड ७१ लाख ४५ हजार ४ सय बराबरकाे बजेट समेत प्रस्तुत गरिएकाे हाे ।

नगर प्रमुख दिपनारायण राैनियारकाे अध्यक्षतामा भएकाे सभामा उप प्रमुख सलमा खातुनले अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत गरिन ।

अगामी आर्थिक बर्षका निति तथा कार्यक्रमकाे कार्यन्वयका लागि रु ४१ कराेड ७१ लाख ४५ हजार ४ सय बराबरकाे बजेट समेत प्रस्तुत गरिन । उनले प्रस्तुत गरेकाे बजेट अनुसार व्यय तर्फ अनुमानित चालु खर्च २६ कराेड ४२ लाख ८५ हजार ४ सय ८० रहेकाे वताइन ।

यस्तै पुजींगत खर्च तर्फ रु १४ कराेड ७८ लाख ६० हजार रहेकाे छ । जसमा प्रदेशकाे सर्शत ८० लाख, प्रदेश समानीकरण ७१ लाख ८ हजार, विकास तर्फ समानिकरण संघकाे ११ कराेड ४९ लाख , संघिय सम्पूरक अनुदान ८८ लाख, सवारी साधन कर ४० लाख ५२ हजार, बिशेष अनुदान ३ लाख सम्पूरक अनुदान २ लाख रहेकाे जानकारी गराइन ।

उप प्रमुख खातुनले राजश्व तथा आन्तरिक आय रु ५० लाख, नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान अन्तर्गत रु ११ कराेड ४९ लाख, सर्शत अनुदान १९ कराेड ३२ लाख, संघिय सम्पूरक अनुदान रु ८८ लाख, राजश्व बांडफाडबाट प्राप्त ७ कराेड १० लाख ८५ हजार ४ सय ८०, प्रदेश सरकारबाट प्राप्त हुने वितिय समानिकरण अनुदान रु ७१ लाख ८ हजार, सर्शत अनुदान रु ८० लाख, बिशेष अनुदान रु ३० लाख, सम्पूरक अनुदान २० लाख गरी नगरपालिकाकाे कुल आय ४१ कराेड ७१ लाख ४५ हजार ४ सय रहेकाे प्रस्तुत गरिन ।

आगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम र बजेटले नागरिकमा नगरपालिका भएकाे अनुभुति गराउन, नगरपालिकाबाट प्रदान गरिने सेवामा आम नागरिककाे पहुंच अभिवृद्धि, समतामूलक सहितकाे समृद्ध नगर निर्माण गर्न उद्देश्य लिएकाे छ ।

उद्देश्यहरु हांसिल गर्न शहरी पूर्वधार निर्माण, गाउँ गाउँमा सडक संजालकाे निर्माण, स्वस्थ्य र दक्ष जनशक्तिकाे निर्माण, सुरक्षित प्रस्तुती सेवा, कृषि र पशु पालनकाे क्षेत्रमा सुधार, सहकारीकाे माध्यमले उत्पादन र उत्पादत्वमा बृद्धि, पर्यटन पूर्वधारमा विकास र प्रबर्धन लगायतकाे प्राथमिकता समेत निर्धारण गरेकाे प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य र नगर सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...