Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जगरनाथपुर गाउँपालिकाकाे आ.व २०७७/०७८ काे निति तथा कार्यक्रम तय

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम तय गरेकाे छ ।

गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा भएकाे गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र भाैतिक पूर्वधार बिकासलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम तय गरेकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी गराए ।

गाउँ सभाकाे निति तथा कार्यक्रममा भाैतिक सडक पूर्वधारलाई प्राथमिकतामा राख्दै पूर्वधार विकासमा जाेड दिने, कक्षा ८ देखी माथीका छात्र/छात्राहरुलाई साइकल वितरण गर्ने, जेहन्दार विद्यार्थी र राम्राे नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने, ५० शैयाकाे अस्पताल निर्माणकाे लागि पहल गर्ने, स्वास्थ्य संस्थाहरुकाे सुदृढ गर्दै राम्राे सेवा प्रवाह गर्ने, पर्यटन प्रवर्धनकाे लागि मठ, मन्दिर र महजिदलाई साैन्दर्यकरण गर्ने लगायतकाे रहेकाे छ ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे सभामा गाउँपालिकाकी उपाध्यक्ष बिशमिला खातुनले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

सभामा सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्य तथा सम्पूर्ण गाउँ सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

असार १० गते सम्म गर्नु पर्ने निति तथा कार्यक्रम तय पर्सामा जगरनथपुर गाउँपालिका पहिलाे भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...