वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम तय गरेकाे छ ।
गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा भएकाे गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र भाैतिक पूर्वधार बिकासलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक बर्ष २०७७/०७८ काे निति तथा कार्यक्रम तय गरेकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी गराए ।
गाउँ सभाकाे निति तथा कार्यक्रममा भाैतिक सडक पूर्वधारलाई प्राथमिकतामा राख्दै पूर्वधार विकासमा जाेड दिने, कक्षा ८ देखी माथीका छात्र/छात्राहरुलाई साइकल वितरण गर्ने, जेहन्दार विद्यार्थी र राम्राे नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने, ५० शैयाकाे अस्पताल निर्माणकाे लागि पहल गर्ने, स्वास्थ्य संस्थाहरुकाे सुदृढ गर्दै राम्राे सेवा प्रवाह गर्ने, पर्यटन प्रवर्धनकाे लागि मठ, मन्दिर र महजिदलाई साैन्दर्यकरण गर्ने लगायतकाे रहेकाे छ ।
गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे सभामा गाउँपालिकाकी उपाध्यक्ष बिशमिला खातुनले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।
सभामा सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्य तथा सम्पूर्ण गाउँ सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।
असार १० गते सम्म गर्नु पर्ने निति तथा कार्यक्रम तय पर्सामा जगरनथपुर गाउँपालिका पहिलाे भएकाे छ ।