Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

ईम्प्रुभिङ् लाईफसद्वरा सुतकेरीलाई राहत बितरण जारी

spot_img
spot_img

वीरगंज । समाजिक संस्था ईम्प्रुभिङ् लाईफस ईन नेपालले युवालयको सहकार्यमा वीरगंज महानगरपालिका वडा नं १९ बिन्दवासनी र वर्वा, वडा नं. २९ बसडिल्वा, रतनपुर टोलमा शनिबार पनि सुत्केरी आमाहरुलाई राहत बितरण गरेको छ ।

कोरोना भाईरसको कारण विश्व नै आतकिंत भएको साथै नेपालमा लकाडाउनको लगभग ३ महिना हुदा सो समुदायमा अध्ययन गर्दा आम्दनी नभई पोषिलो खानाको अभावले आमाले पोषिलो खाना नपाएको हुदा आमा र बच्चको स्वास्थ्यमा असर पर्ने भएकोले मध्यनजर गर्दै संस्थाले राहत वितरण गरेकाे जनाएकाे छ ।

गरिब तथा अति बिपन्न बस्तीमा बिहिबार ३५ जना परिवारका लागि ४५ दिन भित्रका सुत्केरी आमाहरुका लागि पोषण तथा सरसफाई समाग्री राहत स्वरुप वितरण गरिएकाे हाे । संस्थाले वडाका स्वास्थ्य संस्थाहरुसंगकाे समन्वयमा सुतकेरी आमालाई ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई महिनाको पहिलो चरणमा १५ दिनका लागि १ करेट अण्डा, प्रत्येक दिन आधि केजी दुध, कपडा धुने साबुन १ पिस, डिटवल १ पिस, राहत बितरण गरिएकाे जनाएकाे छ ।

सो बस्तीमा दैनिक मजदुरी गर्दै आएका ती परिवारमा भएका सुतकेरी आमाका लागि पोषण तथा दैनिक सरसफाईको समाग्री अभाव भएको जानकारी पाएपछि बाल अधिकारकर्मी तथा युवालयका कार्यसमिति सदस्य जया साहको बिशेष पहलमा ईम्प्रुभिङ् लाईफस ईन नेपालका आर्थिक सहयोगमा पोषण तथा सरसफाई समाग्री राहत वितरण गरेको हो ।

दैनिक ज्याला मजदुरी मात्रै गरेर आफनो घर परिवारको छाक टार्दै आएका बस्तीमा पहिलोे चरणको राहत बितरण गरेको तथा अगामी १५ दिन दिन पछि पनि राहत बितरण जारी राख्ने बाल क्लबका पुर्व सदस्य तथा राहत बितरण कार्यमा सहयोग गर्दै आउनु भएका नबिन पटेलले जानकारी दिए ।

बालबालिकाको बाच्न पाउने अधिकारबाट बन्चित नहुन् भन्ने उदेश्यका साथ ईम्प्रुभिङ् लाईफस ईन नेपालको आर्थिक सहयोग तथा युवालयको सहकार्यमा थप ९ वटा वडाहरुमा यसै गरि ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई बितरण गरिने संस्थाकाे याेजना रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...