Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एक सय ३६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगञ्ज । नेपाल विद्यार्थि संघ पर्साले शनिबार आयाेजना गरेकाे आकस्मिक रक्तदान कर्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजमा भएकाे कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

संघका कर्यबाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विबेदी, जिल्ला सचिव श्याम पटेल, अरबिन्द गुप्ता, रोशन लामिछाने, बिरेन्द्र यादव, रामनारायण कुर्मी, सुधीर पटेल, विकेश पटेल लगायतको उपस्थिती रहेको थियो ।

यस्तै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजनामा भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

समुदाय – प्रहरी साझेदारी अन्तर्गत शनिबार त्रिमुर्ती हल नजिक रहेकाे सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा भएकाे कार्यक्रममा ५ महिलासहित ३५ जनाले रक्तदान गरेकाे आयाेजकले जनाएकाे छ ।

सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधान (दिलिप) को अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...