Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

किशोरीहरुलाई सचेत बनाउन काेराेना भाइरस बारे अभिमुखिकरण

spot_img
spot_img

वीरगञ्ज । विश्वको अर्थतन्त्र खस्किनुका साथै थुप्रै जनधनको क्षति निम्त्याउने गरी फैलिएको कोरोना भाइरस बारे सचेतना मूलक कार्य फलस्वरुप नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) को आयोजनामा ग्रामिण क्षेत्रका किशोरीहरुलाई सचेत बनाउन अभिमुखिकरण थालिएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा पनि दिनानुदिन रुपमा बढीरहेको छ । तसर्थ ग्रामिण क्षेत्रमा पनि कोरोना भाइरसबाट सुरक्षित रहनका निम्ती सचेत गराउन शुक्रवार वीरगञ्ज महानगरपालिका वडा न. २९ मुसैलीमा कोरोना भाइरस सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

तारा किशोरी संवादकी इन्दु कुमारी गुप्ताको अध्यक्षतामा भएको अभिमुखिकरणमा वडा न. २९ का अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, वडाका सहायक सचिब शेरमहमद मियाँ लगायतले आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।

चाइल्ड नेपाल, संरक्षण नेपालको सहकार्यमा भएको कार्यक्रमको उद्धेश्यका बारेमा आरआरएन पर्साका कार्यक्रम अनुगमनकर्ता सुनेश्वर साहले प्रकाश पार्नुभएको थियो । स्थानिय किशोरी अनिशा गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोरोना भाइरससम्बन्धि स्वास्थ्यकर्मी अनिशकान्त कुश्वाहले प्रशिक्षण दिनुभएको थियो ।

कोरोना भाइरसको परिचय, यसका लक्ष्ण र नियन्त्रण तथा रोकथामका निम्ती अपनाउनु पर्ने उपायका बारेमा कुश्वाहले अवगत गराउनुभएको थियो ।

यसैगरी संचारकर्मी सुर्य नारायण बिकले कोरोना भाइरस सम्बन्धि सचेत गराउनुभएको थियो । सामाजिक दुरीको पालना गर्दै गरिएको कार्यक्रम शुरु हुनुअघि सम्पुर्ण सहभागिलाई निशुल्क रुपमा सर्जिकल मास्क पनि वितरण गरिएको थियो ।

ग्रामिण क्षेत्रका किशोरीलाई कोरोना भाइरस सम्बन्धि सचेत बनाउन वीरगञ्ज महानगरपालिका वडा न. ३० र ३१ मा पनि गरिने कार्यक्रम अनुगमनकर्ता साहले बताउनुभयो । कार्यक्रमको सहजिकरण किशोरी पिंकी कुमारी चौधरीले गर्नुभएकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...