24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

किशोरीहरुलाई सचेत बनाउन काेराेना भाइरस बारे अभिमुखिकरण

वीरगञ्ज । विश्वको अर्थतन्त्र खस्किनुका साथै थुप्रै जनधनको क्षति निम्त्याउने गरी फैलिएको कोरोना भाइरस बारे सचेतना मूलक कार्य फलस्वरुप नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) को आयोजनामा ग्रामिण क्षेत्रका किशोरीहरुलाई सचेत बनाउन अभिमुखिकरण थालिएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा पनि दिनानुदिन रुपमा बढीरहेको छ । तसर्थ ग्रामिण क्षेत्रमा पनि कोरोना भाइरसबाट सुरक्षित रहनका निम्ती सचेत गराउन शुक्रवार वीरगञ्ज महानगरपालिका वडा न. २९ मुसैलीमा कोरोना भाइरस सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

तारा किशोरी संवादकी इन्दु कुमारी गुप्ताको अध्यक्षतामा भएको अभिमुखिकरणमा वडा न. २९ का अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, वडाका सहायक सचिब शेरमहमद मियाँ लगायतले आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।

चाइल्ड नेपाल, संरक्षण नेपालको सहकार्यमा भएको कार्यक्रमको उद्धेश्यका बारेमा आरआरएन पर्साका कार्यक्रम अनुगमनकर्ता सुनेश्वर साहले प्रकाश पार्नुभएको थियो । स्थानिय किशोरी अनिशा गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोरोना भाइरससम्बन्धि स्वास्थ्यकर्मी अनिशकान्त कुश्वाहले प्रशिक्षण दिनुभएको थियो ।

कोरोना भाइरसको परिचय, यसका लक्ष्ण र नियन्त्रण तथा रोकथामका निम्ती अपनाउनु पर्ने उपायका बारेमा कुश्वाहले अवगत गराउनुभएको थियो ।

यसैगरी संचारकर्मी सुर्य नारायण बिकले कोरोना भाइरस सम्बन्धि सचेत गराउनुभएको थियो । सामाजिक दुरीको पालना गर्दै गरिएको कार्यक्रम शुरु हुनुअघि सम्पुर्ण सहभागिलाई निशुल्क रुपमा सर्जिकल मास्क पनि वितरण गरिएको थियो ।

ग्रामिण क्षेत्रका किशोरीलाई कोरोना भाइरस सम्बन्धि सचेत बनाउन वीरगञ्ज महानगरपालिका वडा न. ३० र ३१ मा पनि गरिने कार्यक्रम अनुगमनकर्ता साहले बताउनुभयो । कार्यक्रमको सहजिकरण किशोरी पिंकी कुमारी चौधरीले गर्नुभएकाे थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.709 sec. Memory consumption:81.47 mb