Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पटेर्वा सुगाैलीमा निर्माण भएकाे महिला प्रहरी भवनकाे उद्घाटन

spot_img
spot_img
वीरगंज । इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीमा निर्माण भएकाे महिला प्रहरी भवनको शुक्रबार उद्घाटन भएको छ । गाउँपालिकाबाट १५ लाखकाे लागतमा निर्माण भएकाे भवनकाे गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी एवं जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन समारोहमा प्रहरी उपरिक्षक पन्तले महिला प्रहरीका लागि छुट्टै भवन निर्माण भएकोमा खुशी व्यक्त गरिन् । प्रउ पन्तले इप्रका, पटेर्वासुगौलीमा महिला प्रहरीको दरबन्दी नभए पनि महिला प्रहरी भवन निर्माण गरिएको कारण एक साताभित्र दुईजना महिला प्रहरी खटाउने प्रतिबद्धता जाहेर गरिन्।
उनले जिल्लामैं महिला प्रहरीको सङ्ख्या ७० मात्र रहेको बताउँदै सो अपुग भएको बताइन्। उनले पर्सामा कम्तीमा दुई सय महिला प्रहरी आवश्यक रहेको जिकिर गरिन्। महिला प्रहरीको अभावमा वीरगंज महानगरबाहेक पोखरिया नगरपालिकामा मात्र महिला प्रहरी खटेकाे वताइन ।
गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गापा उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवार, शिक्षक सुभाष दास लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन लेखा प्रमुख एवं प्रहरी सहायक निरीक्षक सुभाष यादवले गरेको थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...